प्रियंका दास, कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर १३ मा शहरी स्वास्थ्य प्रवर्द्धन सन्चालन मा ल्याइएको छ । साथै उक्त वडा मा बर्थिङ्ग सेन्टर को समेत उद्घाटन भएको छ ।

उक्त स्वास्थ्य प्रवर्द्धन र बर्थिङ्ग सेन्टर को प्रदेश सभा सदस्य माननीय पारस साह तथा कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साहले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

उद्घाटन गर्दै प्रमुख अतिथि पारस साह ले नागरिकलाई सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको बताए । साथै विशिष्ट अतिथी समेत रहेका कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साहले अन्य वडा मा पनि स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिने र वडा का नागरिकहरु लाई स्वास्थ्य सँग सम्बन्धित सबै विषयहरुको विवरण राख्ने, स्वास्थ्य परिक्षण गर्ने, विभिन्न रोगहरु लाग्नै नदिन जनचेतना फैलाउने र सहुलियतमा औषधिहरुको व्यवस्था गर्ने जानकारी दिएका छन् । प्रदेश स्तर बाट बर्थिङ्ग सेन्टर र भवन कलैया उपमहानगरपालिका ले निर्माण गरेको हो ।

कार्यक्रम को अध्यक्षता वडा अध्यक्ष राजेश महथा खत्री रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथि माननीय पारस साह , विशिष्ट अतिथि नगर प्रमुख बिनोद साह , उप-प्रमुख रौशन परविन , अतिथि कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नाथु साह , को रहेको थियो ।

कार्यक्रममा कलैया उपमहानगर २७ का वडा अध्यक्ष अशोक तिवारी ,कलैया उपमहानगरपालिका स्वास्थ्य शाखा का अजय जयसवाल , सन्चारकर्मी , स्वास्थ्यकर्मी , लगायत स्थानीय को उपस्थिति रहेकोे थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर