साजिर मन्सूर,कलैया । इस्लाम धर्मको खास पर्व ‘ईद–उल–अजहा’ संसारभर मनाइन्छ । यो पर्व इस्लामिक क्यालेन्डरको १२ औं तथा अन्तिम महिना ‘जुलहिज्जाह’ को १० औँ दिनमा मनाइन्छ । यसलाई बकरीद वा कुर्बानी पनि भनिन्छ । किनकी यसदिन धार्मिक मान्यताअनुसार खसीको कुर्बानी दिइन्छ ।
बकरिद पर्वको अवसरमा कलैया बजारमा खशिको मुल्यमा आगो नै लागेको बारा उधोग बाणिज्य संघका उपाध्यक्ष गोल्डेन साहले बताएका छन । साहले खसी बजारमा अनुगमन गर्न पुग्दा त्यहा एक जोडि खशिको मूल्य सवा लाख सम्म बताउने गरेको आफुले पाएको बताएका छन । साहले कलैयाको प्रख्यात खसी बजारलाई आफुले पुर्ण रुपमा ब्यवस्थित गर्न खोजेको र त्यस मा आफू सफल हुँदै गएको पनि बताएका छन । सारा ब्यापारी तथा उधोग बाणिज्य संघ परिवार र उप महानगरको साथ र सहयोगले बाराको उध्योग ब्यापार लाई ब्यवस्थापन गर्न समयानुकूल प्रयास थालिरहेको बताए । यता कलैयाका युवा खसी ब्यवसायी समिम मन्सूर(बासा) ले पर्वका बेला अचानक असाध्यै खशिको मूल्य मनोपरी किसिमले बढ्दा मासु बनाएर बेच्नेका लागि समस्या हुने गरेको बताएका छन ।
मुस्लिम समुदायका मानिस यस दिन इदगाह (खुल्ला चौर)मा सामुहिक नमाज पढेर एक अर्कालाई अंकमाल गर्दै खुसी साटासाट गर्छन् । यो पर्व तीन दिनसम्म मनाइन्छ ।
‘ईद–उल–अजहा’ लाई ईद–उल–जुहा पनि भनिन्छ । यो नाम अधिकांश अरेबियन देशमा प्रयोग हुन्छ । तर नेपालमा यस पर्वलाई बकरीद वा कुर्बानी भन्ने गरिन्छ । ईद उल फित्र मनाएको ७० दिनपछि यो पर्व मनाइन्छ । विश्वका मुस्लिमहरुले यो पर्व मनाउने भएकाले आआफ्नो भूगोलमा पाइने चौपायालाई कुर्बानी दिने गर्छन् ।

धार्मिक सदभाव

मुस्लिम समुदायले इदगाहबाट नमाज पढेर फर्केपछि खसीलाई जब्हिअ (हलाल) गरिन्छ । घरमूलीको नाममा खसी हलाली गरि सकेपछि मासुको तीन भाग लगाइन्छ र एक भाग घरमा , दोस्रो भाग इष्टमित्र नातेदार र तेस्रो भाग मस्जिदमा पुरयाइन्छ । र गाउँभरबाट त्यसरी नै जम्मा भएर आएको मासुलाई गाउँमा रहेको सबै मुस्लिम घर परिवारमा बाँडिन्छ । सबैले कुर्बानी गर्न अनिवार्य छैन ।
जोसँग १० तोला सुन र ५० तोला चाँनदी बराबरको सम्पत्ति छ, उसले कुर्बानी गर्नु अनिवार्य छ । कुर्बानीको दिनदेखि ५ दिन सम्म विश्वका मुस्लिम समुदायले साउदी अरबमा रहेको मक्कामा हज गर्छन्, जुन इस्लाम धर्मको ५ स्तम्भमध्येको एक हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर