बारा । बाराको पचरौता नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत नभएको र निमित प्रमुख प्रशासकिय अधिकृत पनि सम्पर्क बिहिन भएका कारण दिदै आएको सेवा आज देखि ठप्प गरेको जनाएको छ ।
मेयर जलन्धर सिंह जैसवारले निमित्त प्रमुख प्रशासकिय अधिकृत श्याम प्रसाद यादव सम्पर्क बिहिन रहेका कारण नगरपालिकाको आव २०७९/०८० को नगर सभा समेत हुन नसकेको बताएका छन । कर्मचारीहरुको म्याद थप तथा नया कर्मचारी समेत भर्ना गर्न समेत कानुनी बाध्यता भएका कारण कारण अर्को ब्यवस्था नहुन्जेल सम्मका लागि नगर अस्पतालका सेवाहरु,बर्थिङ्ग सेन्टरका सेवाहरु र पिपरपाती पचरौता स्वास्थ चौकिको ल्याब सेवाहरु बन्द गरिएको मेयर जैसवारले लिखित रुपमा जानकारी गराएका छन ।
जैस्वारले यसबाट पुग्ने असुबिधा कालागी समेत जनता सङ्ग छ्मा मागेका छन । हाकिम नभएका कारण पचरौता नगरपालिकामा कुनै प्रकारको निबेदन मा पनि तोक लाग्न नसकेको स्थानिय सियाराम प्रसाद यादव ले गुनासो पोखेका छन । स्थानिय सियाराम यादवले छिटो समस्याको हल ननिस्के हामी पचरौता बासी स्थानिय सरकारको बिरुद्द कडा आन्दोलन गर्न बाध्य हुने बताएका छन ।
पचरौता नगरपालिका को आन्तरिक कलहका कारण वडा नम्बर २ को सबै जस्तो सेवा बन्द रहेको वडा अध्यक्ष मनोज कुमार यादवले बताएका छन । जनप्रतिनिधि को आपसी मत भिन्न्ताका कारण पचरौता को बिकास पछाडी पर्ने देखिएको छ । वडा अध्यक्ष यादवले सम्बन्धित सरोकारवालालाई पचरौताको मत भिन्न्ता मिलाउने गरि छलफल का लागि आग्रह गरेका छन ।