साजिर मन्सूर
कलैया,साउन २४
कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले आज पत्रकार सम्मेलन गरि श्री ३ चन्द्र माबीमा आर्थिक अनियमितता नभएको बताएका छन । मेयर साहले उक्त बिधालयमा अङ्ग्रेजी माध्यममा पढाउने बहानामा बिद्यार्थी सङ्ग पैसा लिएर आर्थिक अनियमितता गरेको गुनासोका आधारमा आफै छड्के गरेको र अडिटर खटाएर हिसाब मिलान गराउदा आर्थिक चलखेल नभएको पाएको बताएका छन ।
श्री ३ चन्द्र माबी मा शैक्षिक सत्र २०७७/७८ मा ७ लाख ३७ हजार बक्यौता देखिएको र शैक्षिकसत्र
२०७८/०८९ मा ११ लाख १९ हजार बक्यौता रहेको बिधालयले जनाएपछि त्यसलाई असुल उपर गर्न निर्देशन गरिएको मेयर साहले बताएका छन ।
बिद्यार्थी को अभिभावकहरु परिक्षाका बेला बक्यौता दिने भनेकोले त्यसलाई शिक्षकको अनियमितता भन्न नमिल्ने समेत साहले बताएका छन । मेयर साहले सो बिधालयलाई नमुना बिधालय बनाउने अभियानमा आफू रहेकाले शिक्षा को गुणस्तरीयतामा नगरमा कोहि कसै सङ्ग सम्झौता नहुने बताएका छन ।
नगर प्रमुख साहले मानवत मटिअर्वा सडक खण्ड बाट प्राप्त बिधालयको मुआब्जा मा समेत आर्थिक अनियमितता भएको भन्ने सन्दर्भमा कुनै सत्यता नभेको बताएका छन । बिधालयले रु ८१ लाख पाएको र त्यस मध्ये बिधालय भवन निर्माण गरि हाल ६३ लाख बैंक मौज्दात रहेको समेत बताएका छन ।
मेयर साहले पहिलाको स्थानिय सरकारले आँखा चिम्लेर १७ करोड बराबरको कार्यादेश दिइएको जसले उपमहानगर माथी दायीत्व धीऐ थुपरेको बताएका छन । दायीत्व बढी भएकै कारण आफुले नगर स्तरीय बजेट बाट बिकास गर्न भन्दै नगर स्तरिय बजेट नराखेको बताएका छन ।
मेयर साहले सरसफाइका लागि रहेको ट्रेक्टरहरु बाट मात्र तेलमा बार्षिक रुपले कम्तिमा ८७ लाख बचत गरेको बताएका छन । साहले आफू आएदेखी हरेक किसिमका कमि कमजोरी अन्त्य र शून्य सहनशिलता लागू भएको बताएका छन ।
सोही अवसरमा प्रमुख प्रशासकिय अधिकृत नाथु साहले बितेको आव २०७८/०७९ कोप्रगति प्रतिबेदन समेत सार्वजनिक गरेका छन । प्रमुख प्रशासकिय अधिकृत साहले आफुहरुले गएको आवमा ७.५ किमि ढलान,ग्राभेल १६.४५ किमि,नया ट्राक खोलेको ३५० मिटर,३ वटा सार्वजनिक सौचालय निर्माण गरेको बताएका छन । त्यस्तै १० वटा सामुदायिक भवन निर्माण,१ जेष्ठ नागरिक गृह निर्माण,१७ किमि सिचाई कुलो मर्मत सम्भार गरेको बताएका छन । नदि नियन्त्रण २५० मिटर,४.५ किमि नाला निर्माण,४ वटा वडा कार्यालय निर्माण,२६१ वटा बिधुत पोल जडान र २८ किमि तार जडान,१ वटा ट्रान्सफरमर जडान र ५ स्थानमा टावर लाईट जडान गराईएको प्रमुख प्रशासकिय अधिकृत उप सचिव साहले जानकारी गराएका छन ।
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702