साजिर मन्सूर
कलैया,भदौ २

बारा सदरमुकाम कलैयामा गत बर्ष स्थापना भएको राज लक्ष्मी रिलिफ हस्पिटल प्राली ले सफलता पुर्वक आफ्नो प्रथम बर्ष पूरा गरेको छ । जिल्लाको मुटु मानीने कलैयामा रहेको प्रादेशिक अस्पताल बाहेक एक मात्र सर्व सुलभ तथा कलैयाको पहिलो निजि अस्पतालका रुपमा सन्चालित राज लक्ष्मी रिलिफ हस्पिटलले जनताको स्वास्थ लाई सर्व परि ठानेर काम गरिरहेको अस्पतालका संस्थापक एवम युवा समाजसेवी बिजय साहले बताएका छन । अस्पताल प्राङ्गणमा आयोजना गरिएको बार्षिकोत्सव समारोहमा बोल्दै साहले यस्तो बताएका हुन। संस्थापक साहले बाराली आम जनताको स्वास्थका लागि सुबिधा सम्पन्न अस्पताल को खाचो औल्याएकाले आफुले सोही चाहना अनुसार अस्पताल सन्चालनमा ल्याएको र सबैलाई सन्तुष्ट गराएकोमा आफैलाई गर्व महसुस भएको बताएका छन । बिरामिलाई मुस्कान सहितको सेवा दिनु आफ्नो उदेश्य रहेको साहले बताएका छन । बितेको १ बर्शमा हस्पिटलले सफलतापुर्वक एन आई सियु र आईसियु संचालन,हाड जोर्निको १००% सफल शल्यक्रिया,उत्कृष्ट रुपमा बर्थिङ्ग सेवा सन्चालन,जिल्लामै उत्कृष्ट ल्याब भिडियो एक्सरे र ईसिजी सेवा,नाक कान र घाँटी सम्बनधि सफल उपचार,सिटिभिएस को सफलता पुर्वक उपचार गराएर यो अस्पताल स्वास्थ छेत्रमै चर्चित भएको संस्थापक साहले दाबी गरेका छन ।

साहले चालू आव देखि अस्पताले बहुचर्चित आमा सुरक्षा कार्यक्रम लागू गर्न गैइरहेको बताएका छन । यसै बर्ष देखि सिटि स्क्यान गर्ने ब्यवस्थापन सङ्गै ५० शैयाको अस्पतालमा स्तरोन्नति गरिने योजना समेत उनले अघि सारेका छन । अस्पतालले बार्शिक उत्सवका अवसरमा आज बाट प्रत्येक आईतवार र बुधबार गर्भवती महिलाका लागि केवल १ सय मा ओपिडी चेकजाच गर्न शुरु गरिसकेको समेत संस्थापक साहले बताएका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सान्सद पारस साहले कलैयामा राज लक्ष्मी रिलिफ अस्पताल प्रालिले स्वास्थ्य सेवा प्रवाहमा गरेको कार्यको मुक्त कण्ठले प्रसंशा गरेका छन । प्रादेशिक अस्पताल सङ्गै यो अस्पतालको बाराली जनतालाई खाचो रहेको बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर