![](https://bishwasfm.com/wp-content/uploads/2022/09/IMG20220913155351-scaled.jpg)
साजिर मन्सूर कलैया,भदौ २८
कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले आज पत्रकार सम्मेलन गरि आफ्नो १०० दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । उपमहानगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिका को प्रमुख प्रशासकिय अधिकृत नाथु साहले उपमहानगरले गरेका अहिले सम्म गरेका मुख्य मुख्य कामहरुका बारेमा सार्वजनिक गरेका छन । साहका अनुसार उपमहानगरले गरेका कामहरू क्रमशः यस प्रकार रहेका छन ।
१. नगर सरसफाइ र फोहर ब्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन डम्पिङ्ग साइटको ब्यवस्थापन
२. भरत चदक देखी राजदेवी मंदिर सम्म रहेको बाटो अतिक्रमण गरी लगाइएका फलफुल तथा तरकारी पसललाइ ब्यवस्थि गर्ने कार्यको शुरुवात ।
३. कलैया बजारमा रहेको अब्यवस्थित टहरा ब्यस्थापन गरी ब्यवस्थित बनाउने कार्यको थालनी ।
४. घन्टाघर निर सवारी पार्किङ्गको ब्यवस्था ।
५. घन्टाघर रंगरोगन, ब्यवस्थापन र संन्दर्यीकरण र घडी जडान कार्य ।
६. न्याय सम्पादन र जनप्रतिनिधीको भूमिका सम्बन्धी अभिमुखिकिकरण कार्यक्रम र प्रशिक्षण कार्यक्रम संचालन
७. सामुदायीक बिधालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य चौकी र वडा कार्यालयको अनुगमन, ब्यवस्थापन र संचालन कार्यमा तिब्रता ।
८. बिधालय ब्यवस्थापनका साथै बिधालयमा भएको कमी कमजोरी जस्ता कार्यको निरुत्साहितका साथै बिधार्थीलाइ दिवा खाजाको रुपमा अखाद्य बस्तुको प्रयोगमा प्रतिबन्ध ।
९. स्वास्थ्य चौकी ब्यवस्थापनका साथै जनतालाइ समयमा स्वास्थ्य सेवा नदिने कमर्चारीलाइ कार्वाहीको दायरामा ल्याउने कार्यको थालनी ।
१०. कृषकलाई सहजरुपमा मल खादको सहज आपुर्तिको ब्यवस्था मिलाउने कार्य ।
११. नगरबासीलाइ धुलोबाट बज्चित गराउन दुईवटा पानी ट्यान्कर संचालन गरी धुलो ब्यस्थापन ।
१२. मधेश प्रदेश सरकारबाट रु. १० करोडको योजना माग ।
१३. एकिकृत सम्पत्ति कर र राजश्व प्रणालीमा सुधारका साथै सबै वडामा एकिकृत सम्पतीकर प्रणाली जडान र अनलाइन बिलीङ्ग प्रणाली जडान ।
१४. मोतिसर, सिसहनिया र पचायनपुरमा निर्माण हुने बिधालय भवनको लागी टेन्डर प्रकृया अब्हान ।
१५. नगर कार्यापालिकाको पुरानो भवन भत्काइ ५ तल्ले नाया भवन निर्माण प्रकृयाको थालनी ।
१६. नगरभरीको बाटोमा सोलार बत्ति जडान कार्यको थालनी ।
१७. नगर कार्यपालिकको सभाहलमा कार्यक्रम संचालन र कार्यपालिका बैठक संचालन गर्न अडियो माइकको ब्यवस्थापन ।
१८. बिधालय, स्वास्थ्य चौकी र वडा कार्यालयमा अनलाइन प्रणाली संचालन गर्न इनटरनेट जडान गरी संचालनमा ल्याइएको छ ।
१९. अनलाइन योजना ब्यवस्थापन प्रणाली अनलाइन जडान ।
२०. दुर्गा मा बि मा अंग्रेजी माध्यमबाट थप कक्षा संचालन गरी संस्थागत बिधालयहरु भन्दा उच्चत्तम गुणस्तर शिक्षा प्रदान कार्य थप प्रभावकारी बनाइएको ।
२१. कृषि रसायनिक मल, ५० प्रतिशत अनुदानमा धान बिउ बिजन बितरण, झारपात नासक बिषादी १०० प्रतिशत अनुदानमा बितरण, ५० प्रतिशत अनुदानमा माछाचुन तथा कृषि चुन बितरण, कागती खेती बिस्तार कार्यक्रम वडा नम्बर १४, २६, १२ र २ मा संचालन, कृतिम गर्भधान कार्यक्रम संचालन सबै वडामा संचालन, पशु स्वास्थ्य शिविर कार्याक्रम १० वटा वडामा संचालन, प्रजिवि नियन्त्रण कार्यक्रम १० वडामा संचालन, १०० प्रतिशत अनुदानमा पशु भ्याक्सिनजेश कार्यक्रम सबै वडाहरुमा संचालन, वडाहरुवाट सयाम्पलिङ्ग बिधीबाट कृषि तथ्याक पशु तथ्याङ्ग र माछा पालन तथ्याक संकलन ।
२२. प्रधानमंत्री रोजगार कार्यक्रम अन्तरगत वडा नम्बर १४ लक्ष्मियामा कुलो निर्माण कार्यको सम्झौता भई कार्यक्रम संचालन ।
२३. वडा नम्बर २१ भोडहामा प्रधानमंत्री रोजगार कार्यक्रमबाट टटबन्ध मर्मत कार्य समपन्न ।
२४. नागरीक आवास कार्यक्रम अन्तरगत २०४ घर परीवारलाई कर्कच पाताको लागी अनुदान रकम बैक खाता मार्फत बितरण वार्ड नम्बर २ को वडा कार्यालय देखी सिसवा जानेबाटो मर्मत प्रधानमैत्री रोजगार कार्याक्रम ।
२५. चालु आ.ब.मा नगर र वडा स्तरीय योजनाको सम्झौता कार्यको थालनी ।
२६. बरेवामा रहेको छठिया पोखरीको सौन्दयीकरणका साथै रामजानकी पोखरीमा पार्क निर्माण कार्य अन्तिम चरणमा ।
२७. सामुदायीक बिधालयमा अंग्रेजी माध्यमबाट पठन पाठन कार्यको शुरुवात ।
२८. मासिक कर्मचारी बैठकमा कर्मचारी र शाखाको प्रगतिको साथै समस्याहरुको पुनरावलोकन गर्ने कायको शुरुवात ।
२९. बैकीङ्ग बिधिबाट सामाजिक सुरक्षा भत्ता बितरण कार्यलाई थप प्रभावकारी बनाइदै ।
३०. आर्थिक प्रशासन शाखाबाट चेक रहित भुक्तानी प्रणाली कार्यको शुरुवात ।
३१. नक्शा पास कार्यलाइ आवश्यक्ता अनुसार सुधार र अनलाइन नक्सा पास कार्यलाइ प्रभावकारी बनाइदै अगाडी ।
३२. प्रत्येक महिनाको १५ गते अपाङ्ग परीचयपत्र बितरण कार्यलाइ थप प्रभावकारी बनाइने ।
३३. मानवत मटिअर्वा सडक खण्ड अन्तरगत संस्कार एफ. एम. देखी दुर्गा मा बि सम्मको बाटो निर्माण कार्यको शुरुवातका साथै मुअबजा बितरण कार्यको थालनी ।
३४. सामुदायिक बिधालयमा कम बिधार्थी भएका दुई बिधालयहरुलाइ मर्ज गरेर कक्षा संचलन ।
३५. कलैया उपमहानगरपालिकाको वडा नम्बर १४ मा २ बर्ष भित्रमा राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउने प्रतिबद्धता ।
३६. कृष्ण मन्दिरको बाटो ढलान तथा नाला निर्माण – ३० लाख |
३७. नगरपालिकाको अगाडी बाटो ढलान |
३८. वडा नं. २५ को खेलकुद पूर्वाधार निर्माण |
रहेका छन ।