
साजिर मन्सूर
कलैया,भदौ ३०
नेपाल पिछडाबर्ग ओबिसी महा संघ बाराको जिल्ला अधिवेशन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बारा सदरमुकाम कलैया स्थित एउटा लजमा आयोजित कार्यक्रममा महा संघ बाराले जिल्लाको आधिकारिक अधिवेशन गरेको केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुरले बताए । ठाकुरले पछिल्लो समयमा ओबिसीको नाममा अन्य झोले संस्था चलाउने गरिएको बताउदै अदालतले ती सबै संस्थालाई खारेज गरेको जानकारी गराएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले महासंघको अधिवेशन बाट आउने नेतृत्व सबल र सछम होस भन्दै सफलताको कामना गरेका थिए । पिछडा बर्गमा पर्ने सम्पुर्ण जातजातिको बिकास गर्न सबैले आ आफ्नो स्थानबाट योगदान दिन आग्रह गरेका छन।
अधिवेशन बाट जिल्ला अध्यक्ष उर्मिला महतो,उपाध्यक्षमा मार्केन्डेय गुप्ता,कोषाध्यक्षमा मिरा देबि,सचिवमा अनिल कुमार गुप्ता,सह सचिवमा मानिकचन्द साह,सदस्यहरुमा क्रमशः उमेश महतो,कन्हैया ठाकुर,झापस मिया,जितेन्द्र ठाकुर,राकेश कुमार गुप्ता,मुकेश यादब,मुन्ना बैठा,साजिर मन्सूर,साहिल हवारी रहेका छन ।
ओबिसी महासंघ बाराको अध्यक्ष उर्मिला महतोको अध्यक्षता तथा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पिछडा बर्ग महा संघको केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुर,करैयामाई गापा अध्यक्ष शम्भु यादव,बारागढी गापा अध्यक्ष अशोक जयस्वाल,बिश्रामपुर गाउपालिकाका अध्यक्ष जुल्फकार अलि भुट्टो,प्रसौनी गाउपालिका अध्यक्ष बिनोद पटेल,जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटी, रास्ट्रीय अनुसन्धान बाराका एसपी सन्तोश ढुङेल,जनमत पार्टीका केन्द्रिय सदस्य रामबाबु साह,माओवादी केंद्र कलैया नगर अध्यक्ष मुकेश साह सहित विभिन्न दलका नेता प्रतिनिधि तथा विभिन्न जातजातिको अगुवाहरुको उपस्थिति रहेको थियो ।