साजिर मन्सूर
कलैया,भदौ ३१

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई बाराले पकेट/ब्लक बिकास कार्यक्रम कार्यान्वयन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कृषि ज्ञान केंद्र कलैयाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखिकरण कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई बाराका प्रमुख डा.हेमचन्द्र जयस्वारले सहजीकरण गरेका थिए । पकेट/ब्लक बिकासका लागि चाहिने सम्पुर्ण चरण प्रक्रियाका बारेमा प्रमुख जयस्वारले स्पष्ट पारेका थिए ।
अभिमुखिकरण कार्यक्रममा बाराका स्थानिय तहका कृषि तथा पशु शाखाका प्रमुख/प्रतिनिधिहरुको सहभागिता रहेको परियोजना ईकाई बाराका प्राबिधिक राजकिशोर यादवले जानकारी गराएका छन ।

परियोजना कार्यान्वयन ईकाई बाराका प्रमुख जयस्वारको अध्यक्षतामा भएको कार्यक्रममा ,मत्स्य मानव संसाधन बिकास तथा प्रबिधि परिक्षण केंद्र मधेश प्रदेशका बरिस्ठ मत्स्य बिकास अधिकृत रबिलाल शर्मा लगायतकाले पकेट/ब्लकको बिकास बिस्तार एवम कार्यान्वयनका बारेमा प्रस्ट्याएका थिए ।

यो परियोजना नेपालको एकमात्र स्वदेशी सोच स्वदेशी लगानि र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि बिकास रणनीति कार्यान्वयनको सहयोगी परियोजना भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मधेश प्रदेश ब्यवस्थापन ईकाईका प्रमुख युगल किशोर तिवारीले जनाएका छन । तिवारीले बिशुद्द आम नेपालिको कर बाट बनेको र चलेको परियोजना भएकाले यसमा सम्पुर्ण कर्मचारीले आफ्नो तन मन लगाएर यसको उदेश्य पूरा गर्न लाग्नुपर्नेमा आग्रह गरेका छन । तिवारिले अहिले परियोजना अन्तरगत पकेट छेत्र स्थानिय तहले,ब्लक प्रदेश सरकारले र जोन तथा सुपर जोन संघ सरकारले सन्चालन गराउने बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर