साजिर मन्सूर
कलैया,असोज ८
“हाम्रो प्रयास तपाईको बिश्वास बचत पनि सहकार्य पनि” भन्ने नारा सहित जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड कलैया १ ले आफ्नो ७ औ बार्षिक साधारणसभा भब्य रुपले मनाएको छ । कलैया स्थित बरेवा दरबार होटेल एन्ड ब्यान्क्विटको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ । संस्थाले १ सय महिना सम्म मासिक बचत गर्दा आजिवन पेन्शन पाउने योजना अगाडी सारेको संस्थाका अध्यक्ष दिलिप कुमार चौधरीले सार्वजनिक गरेका छन । चौधरीले १०१ औ महिनामा जम्मा भएको रकमको ५०% भुक्तानी गरिने योजना समेत रहेको बताएका छन । शेष पछि ईच्छाएको ब्यक्तिलाई जम्मा बाकी ५०% रकमको दोब्बर भुक्तानी गरिने चौधरीले बताएका छन ।
चौधरीले संस्था स्थापना भएको बि.स. २०७२ साल देखि नै देशको नमुना संस्था बन्ने लक्ष्य बोकेर निरन्तर अगाडी बढिरहेको बताए । संस्थाको मुख्य्स उदेश्य नै बर्तमान प्रतिस्पर्धात्मक बितिय बजारमा स्वस्थ प्रतिस्पर्धा बाट सदस्यहरूलाई आकर्षण ब्याज प्रदान गरि सकलित निछेप रकमलाई ब्यवसायी तथा उधमी सदस्यहरुको ब्यवसाय प्रबर्द्धन लागि सुलभ ब्याजदरमा छिटो सेवाको माध्यमबाट कर्जा प्रवाह गरि सदस्यहरुलाई सबल र आत्म निर्भर एवम सछम ब्यवसायी बनाई संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै लग्ने उदेश्य रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका कोषाध्यक्ष नवीन अग्रवालले कलैया उपमहानगरपालिका भित्र सन्चालित कुनै पनि सहकारीको आफ्नै जग्गा नभएको बेला यस संस्थाले वडा नम्बर १ स्थित पशुपती पुस्तकालयको छेउमै १ करोड ५ लाख बराबरको ७ धुर जग्गा खरिद गरेको र सोही स्थानबाट आगामी दिनमा कारोबार सन्चालन गरिने जनाएका छन । अहिले सम्म धेरै कम सहकारीले मात्र आफ्नो बास्लात तथा नाफा नोक्सान हिसाब सार्वजनिक गर्ने गरेकोमा आफुहरुले यो संस्था नागरिकको सहकारी भएकाले सबै पार्दर्शी गरि सबैको हात हातमा बाडेको कोषाध्यक्ष अग्रवालले बताए ।
गत बर्ष ३३ लाख ७० हजार खुद नाफा गरेको यो संस्थाले यो बर्ष ५५ लाख ४० हजार ५ सय तिन रुपैया खुद नाफा गरेको संस्थाका कार्य समिती सदस्य सुबाश जैस्वालले जनाएका छन ।
संस्थाका अध्यक्ष चौधरीको अध्यक्षता एवम बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र प्रसाद ठाकुरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथी जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र कुमार साह,बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साह,बारा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदिप साह गोल्डेन,उधोग बाणिज्य संघ बाराका कोषाध्यक्ष सन्तोष बुढा,डाक्टर राकेश तिवारी,डाक्टर बद्री दास,बरेवा दरबार होटेल का संस्थापक किरण बिक्रम साह,सन्दिप रौनियार,श्याम कुमार न्यौपाने,डा. रामनन्द यादव,अधिवक्ता सुर्यजित सिंह,समाजसेवी जङ्गबहादुर यादव,देबेन्द्र गिरि,ठागा साह सहित संस्थाका ८ सय सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सन्स्थाको साङठनिक प्रतिबेदन सचिव शिवजी यादव र प्रगती प्रतिबेदन कोषाध्यक्ष नवीन अग्रवालले पेश गरेका थिए ।
संस्थाका सदस्य भरत अग्रवालले स्वागत गरेको कार्यक्रमको सन्चालन रबिन्द्र मिश्रले गरेका थिए ।