बारा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बारामा १८६ जनाको उम्मेदवारी दर्ता भएको छ । ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा क्षेत्रका लागि १८६ जनाको उम्मेदवारी दर्ता भएको हो ।
बारा मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बारा-१ को प्रतिनिधिसभा सदस्यका लागि १८, प्रदेशसभा (क)का लागि १३ र प्रदेशसभा (ख) का लागि १५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय बाराले जनाएको छ ।
बारा–२ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेशसभा १ (क)का लागि १५ र प्रदेशसभा (ख)का लागि १७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
बारा–३ को प्रतिनिधिसभा सदस्यका लागि १८ , प्रदेशसभा १ (क)का लागि १५ र प्रदेशसभा (ख)का लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
बारा–४ को प्रतिनिधिसभा सदस्यका लागि २० , प्रदेशसभा १ (क)का लागि १३ र प्रदेशसभा (ख)का लागि १५ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्ला मा रहेको ४ प्रतिनिधिसभा सदस्यका लागि ३० जना स्वतन्त्र उम्मेदवार यस्तै ८ प्रदेशसभा सदस्यका लागि ५४ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।