साजिर मन्सूर
कलैया,असोज ५
नेपाल भारत मैत्री संघ मधेस प्रदेश समितिले महान पर्व दिपावली,तिहार र छठ पर्वको अवसरमा सुभकामना आदानप्रदान एवम समाजको उत्थानमा सदभावको महत्व कार्यक्रम सम्पन्न गरेको छ । बारा उधोग बाणिज्य संघ बाराको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ । खासगरी समाजको उत्थानमा सदभावको महत्व बिषयमा उपस्थित सबैले आ आफ्नो बिचार व्यक्त गर्दै सुभकामना ब्यक्त गरेका थिए ।
प्रमुख अतिथि बाराका प्रजिअ ले कुनै पनि धर्मलाई कसैले पनि कुनै किसिमले अवरुद्ध नहुने गरि बस्नुपर्नेमा जोड दिए । सबै धर्मले सबैको पर्व त्योहारमा रमाउन सके धर्तिमै स्वर्ग बनाउन सकिने प्रजिअ कटुवालले बताए । कहि कतै झैझगडा भए हामी सबै मिलेर त्यसलाई मिलाउनु पर्ने बताए । पर्वको बेला सबै जना मिलेर सुरक्षालाई पनि ख्याल गर्दै मनाउन आग्रह गरे ।
कार्यक्रमम बोल्दै प्रमुख प्रसासकिय अधिकृत नाथु साहले पर्वका बेला केवल घरको सरसफाइ मात्र नभएर आत्मा र मनको पनि पुर्ण रुपम सफाई गर्नुपर्ने बताए ।
यता प्रहरी उपरीक्षक होबिन्द्र बोगटिले दिपावली र तिहारका बेला समाजमा हुने चोरी र जुवातास लाई निरुत्साहित गर्न सबै नागरिकले बिना बर्दिको प्रहरी को भुमिका खेलेर हामिलाई सुचना दिए ५ मिनेट भित्र त्यसलाई कार्वाहीमा जाने बताए । पुजाको बेला घरको झ्याल र ढोका खोलेर पुजाम ब्यस्त हुदा चोरिका घटना बड्ने हुदा त्यसमा सजग रहन समेत ध्यानाकर्षण गराए ।
सो अवसरमा नेपाल र भारत बिचको सम्बन्ध सदैव यसैगरी अमर राख्न हामी दुबै पछ सजग रहनुपर्छ र यसका लागि आफुहरुको ढोका सदैव खुल्ला रहेको बिशिस्ट अतिथि भारतिय महा बाणिज्य दुतावास बिरगंज का कन्सुलर शैलेन्द्र कुमारले बताए ।
नेपाल भारत मैत्री संघ मधेस प्रदेशका अध्यक्ष रनबिर सिंहको अध्यक्षता तथा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रास्ट्रीय अनुसन्धान बाराका प्रमुख सन्तोष ढुङ्गेल,कलैया उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,बारा उधोग बाणिज्य संघ का अध्यक्ष राजकुमार साह,ज्येष्ठ नागरिक समाज बाराका अध्यक्ष भरत बहादुर मल्ल,समाजसेवी जङ्गबहादुर यादव,नेपाल प्रेस युनियन बाराका सचिव एवम बिश्वास एफएमका प्रबन्धक साजिर मन्सूर नेपाल भारत मैत्री संघ बाराका अध्यक्ष हिरालाल साह सहित समाजसेवी तथा संघ संस्थाका अगुवाहरूको उपस्थिति रहेको नेपाल भारत मैत्री संघ मधेस प्रदेशका सचिव पवन अग्रवालले जानकारी गराएका छ्न ।
सचेत नागरिक समाजका सचेतक रामबाबु कुश्वाहाले स्वागत गरेको कार्यक्रमको सन्चालन सोसल सर्भिस कमिटी बाराको सन्योजक बिजेता श्रीवास्तवले गरेकी हुन ।