साजिर मन्सूर
कलैया,असोज ७

हेल्पिङ्ग ह्याण्ड युथ सोसाइटी कलैया बाराले अमृता अनाथ आश्रममा खाद्यान्न तथा लता कपडा सहयोग गरेको छ । कलैया-४ मा रहेको आश्रमका बालबालिकाहरुका लागि दिपावली पर्वको अवसरमा कपडा, फलफूल ,मिठाई,जुस लगायतका सामग्री बितरन गरेको सोसाइटी का अध्यक्ष राजकुमार गुप्ताले बताएका छन । गुप्ताले पर्वका बेला आम जनताका बालबालिका नया नया कपडा लगाउने र मिठा मिठा मिठाई खान पाउने तर असहाय र टुहुरा अनाथ बालबालिका लाई त्यस्तो अवसर नमिल्ने भएकोले आफुहरुले यस्तो काम गरेको बताएका छन । अध्यक्ष गुप्ताले आगामी दिनमा पनि संस्थाले यश खालका समाजिक कार्य निरन्तर गर्ने बताएका छन । सो सामग्री बितरण का लागि अविशेख शाह,मुकेश सरार्फ,ओम यादव,चन्द्रशेखर यादव,रजिया प्रबिन,सन्दिप यादव,रोहन गुप्ताले सहयोग गरेका छन । उक्त अवसरमा संस्थाका सदस्यहरु आनन्द यादव, प्रियन्का यादव,रोहन जैसवाल
र राघव यादव लगायतका को उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर