बिश्वास सम्बादाता
कलैया,कार्तिक १६
नेकपा एमाले बाराका जिल्ला कमिटी सदस्य मोहन लामिछानेलाई पार्टीले ३ दिने स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष बिनोद साहले लामिछानेलाई स्पष्टीकरण सोधेका हुन । स्पस्टिकरणमा लामिछानेले उम्मेदवार छनौट देखि हालसम्म समाजिक सन्जालमा उम्मेदवार बिरुद्धमा समाजिक सन्जालमा विभिन्न खाले अनरगल कुरा लेखी पोस्ट गरेको तथा चौक चौराहामा समेत उम्मेदवार बिरुद्द बक्तब्य दिने गरेकाले उनलाई ३ दिन भित्र पार्टी बाट किन निश्कासन नगर्ने बारे चित बुझ्दो लिखित जवाफ दिन भनिएको छ । यता लामिछानेले आफु प्रभु साहको बिरोध गरेकै कारण आफुलाई एमालेले कार्वाही गर्नु लज्जास्पद भएको बताएका छन । लामिछानेले छेत्रीय कमिटीको बैठकमा जिल्ला कमिटी को लेटर प्याड प्रयोग गरेर आफुलाई स्पष्टीकरण सोध्न नमिल्ने बताउदै प्रती प्रशन समेत गरेका छन । कार्तिक ११ गते नै ३ दिन भनेर स्पस्टिकरण सोधिए पनि समय बिते पनि कार्वाही प्रक्रिया अगाडी बढ्न सकेको छैन ।
यता ३ दिन बित्दा पनि एमालेले कार्वाही किन गर्न नसकेको भन्ने प्रश्नमा जिल्ला अध्यक्ष बिनोद साहले पर्वका कारण बिदा परेकाले पप्रक्रिया अगाडी नबढेको आज सम्म चित बुझ्दो स्पस्टिकरण न आए भोलि कडा कार्वाही गर्ने बताएका छन ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702