साजिर मन्सूर ,कलैया । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका सत्ता गठबन्धनका दलका उम्मेदवारहरुलाई भारी मतले बिजयी गराउन बाराका ५ दलले आज बैठक गरि निर्णय गरेका छन ।
पाँच दलीय गठबन्धनको बैठक नेपाली कांग्रेसका
सभापति राजेश राय यादवको अध्यक्षतामा हिजो बैठक बसेको हो । नेपाली काङ्ग्रेसको पार्टी कार्यालय बी. पी. भवन
कलैयामा बसेको बैठकमा पांच दलीय गठबन्धनका जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रियता, लोकतन्त्र, देश र जनताप्रति जवाफदेहि हुन् र गठबन्धन मा रहेका दलका उम्मेदवार लाई बिजयी गराउन आम जानमानसमा हार्दिक अपिल गरेको काङ्ग्रेस बाराका सभापति राजेश राय यादवले बताए । यादवले बैठकबाट विभिन्न निर्णय समेत भएको बताएका छन । उक्त बैठक बाट तपसिलका निर्णयहरु भएको समेत यादवले बताएका छन ।
निर्णयहरु
१.पांच दलीय गठबन्धनका उम्मेदवारहरुको पक्षमा प्रचार प्रसार गर्न जिल्ला स्तरीय संयन्त्र निर्माण गर्ने ।
२. पाँच दलीय गठबन्धनका उम्मेद्वारहरुलाई विजय गराउन प्रत्येक दलले आ-आफ्ना नेता,
कार्यकर्ता र मतदातालाई परिचालन गरी मतदान गर्न अनुरोध गर्ने ।
३.पांच दलीय गठवन्धनका उम्मेद्वारहरुसंग छलफल गर्न यहि कार्तिक १९ गते काङ्ग्रेस पार्टी कार्यालय स्थित बिपि भवनमा दिउसो १२:३० मा गर्ने निर्णय भएको जनाए ।
बैठकमा लोसपा बाराका अध्यक्ष नवल किशोर सिंह,नेकपा माओवादीका प्रभु प्रसाद यादव,नेकपा एसका बिजेन्द्र चौधरी,रा.ज.पार्टी बाराका अध्यक्ष जीवन कुमार भट्टराई को उपस्थिति रहेको थियो । सबै दलका नेताले बिज्ञपति समेत हस्ताक्षर सहित सार्वजनिक गरेका छन ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702