साजिर मन्सूर, कलैया । बाराको सदरमुकाम कलैयामा रहेको शिक्षा छेत्रकै लोकप्रिय बाल एकता बोर्डिङ स्कुल तथा प्लस टु बिज्ञान एवम म्यानेजमेन्ट कलेज ले कक्षा ११ मा भर्ना भएका बिज्ञान तथा ब्यवस्थापन संकायका बिद्यार्थीहरुलाई भब्य स्वागत कार्यक्रम गरि स्वागत गरेको छ । पर्सा जिल्लाको बिरगंज महानगर स्थित रहेको भिस्वा होटेलमा कार्यक्रमको आयोजना गरिएको थियो ।
आजको प्रतिस्पर्धाको युगमा बिद्यार्थी भाईबहिनिहरुलाई बिधालय बाहिरको समेत बाताबरण मा घुलमेल जरुरी भएका कारण जिल्ला बाहिरै नै राम्रो खालका होटेलमा कार्यक्रमको आयोजना गरिएको बिधालय प्रीन्सिपल रुपेश कुमार स्वर्णकारले स्वागत मन्तव्य दिदै भने । प्रीन्सिपल स्वर्णकारले बारा जिल्ला जस्तो औद्योगिक एवम ब्यवसायीक जिल्लामा समेत अहिलेको समयमा दक्ष ब्यवस्थापकिय जनशक्ति उत्पादनका लागि युगको माग बमोजिमको शिक्षा दिने बिधालयको खाचो भएका बेला हामिले यो जिम्मेवारी सहर्ष स्विकार्दै अगाडि बढेको र यसमा बाराका आम अभिभावकले हामिलाई साथ दिइरहेको बताए । बिज्ञान पढ्नकै लागि जिल्ला बाहिर टाढा टाढा आ आफ्ना नानिबाबुहरुलाई पठाउनुपर्ने बाध्यता अब नरहेको समेत स्वर्णकारले बताएका छन । शुरु शुरुमा बिज्ञान तथा ब्यवस्थापन संकाय सन्चालन गर्दा अत्यन्तै कठिनाई भए पनि अब कलैया तथा चरवन्तका अभिभावकले बाल एकतालाई अत्यन्तै माया गरेर बिश्वास साथ बिद्यार्थी दिने गरेका प्रती वहाहरुको भरोसा आफुहरुले कहिल्यै टुट्न नदिने बताए ।
प्रीन्सिपल स्वर्णकारले बाल एकतामै आ आफ्ना नानिबाबुहरुलाई पढाए पैसा र समय को बचत का साथै आफ्नो हृदयका टुक्रा छोराछोरी हरु आफ्नो नजरका सामने रहने र यसले गर्दा विभिन्न खालका कुलतमा फस्ने डर समेत नहुने भएकाले यसमा सबै अभिभावकको ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।
२०७७ सालबाट शुरु गरिएको बिज्ञान संकायमा पहिलो बर्ष जम्मा ८ जना अर्को बर्ष १८ जना गर्दै यो बर्ष ३० जना बिद्यार्थीहरु भर्ना भएको बिधालयका बिज्ञान तथा ब्यवस्थापन संकाय का को अर्डिनेटर प्रीन्स कुमार सिंहले बताए । सिंहले ब्यवस्थापन तर्फ ८ जना बिद्यार्थीबाट शुरु भएर सन्चालन थालिएको संकायमा अब यो बर्ष आएर ६० जना बिद्यार्थी भर्ना हुनुले आफुहरुले दिइरहेको शिक्षा प्रती सन्तुष्ट भएको बताए । सिंहले निरन्तर समाजको माग बमोजिमको शिक्षा उपलब्ध गराउने हाम्रो अभियान जारी रहने समेत बताएका छन ।
बाल एकता सेकेन्डरी स्कुल कलैयाका सन्स्थापक एवम कार्यकारी निर्देशक सुमोध कुमार सरार्फको अध्यक्षता एवम एन प्याबसन मधेस प्रदेशका अध्यक्ष डा. नन्दन यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कलैया उपमहानगरपालिका को शिक्षा शाखाका अधिकृत बिजय अधिकारी,एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहा,एन प्याबशन मधेश प्रदेश सह सचिव के एस फिगिसन,एन प्याब्सन बाराको सचिव पुनदेव चौधरी लगायत बाराका विभिन्न बिधालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बिधालयका पृन्सिपल रुपेश कुमार स्वर्णकारले स्वागत गरेको कार्यक्रम बिधालयका शिक्षक मनोज सेढाईले गरेका थिए ।