साजिर मन्सूर
कलैया,मङ्सिर १७

बहुचर्चित तथा बहुप्रतिछित मानवत मटिअर्वा सडक खण्ड अन्तरगत पर्ने कलैया बजारको टोलापुर देखि दुर्गा माबी बरेवा सम्मको अधुरो बाटो यथाशीघ्र निर्माण गराउन सरोकारवाला लाई घचघचाउन सहयोग समिति गठन भएको छ । कलैया स्थित देवकी लाल धर्मशालामा उपस्थित विभिन्न दलका युवा नेताहरुले सो मानवत मटिअर्वा अधुरो रोड निर्माण सहयोग समिती गठन गरेको बिबेकशिल साझा पार्टी बाराका अध्यक्ष डाक्टर सुशील साहले जनाएका छन । मानवत मटिअर्वाको यो अधुरो सडक निर्माण मा संबंधित निकाय उदासिन देखिएका कारण सो बाटोमा अत्यधिक धुलो उड्दा दैनिक जनजीवन प्रभावित भएकोले सबै दलका युवा साथिहरु मिलेर अगाडि बढ्नु परेको साहले बताएका छन । डा. साहले गठन भएको सहयोग समितिले विभिन्न ५ बुन्दे निर्णय समेत गरेको बताएका छ्न । समितिले १८ गते आईतवार जिल्ला प्रशासन कार्यालय बारामा प्रजिअ कृष्ण बहादुर कटुवाललाई उचित मुआब्जा दिने कुरा सहितको ज्ञापन पत्र बुझाउने,अधुरो बाटो छिटो बनाउन टिप्पणी गर्ने,सरोकारवाला सबैमा यश बारे जानकारी गराउने र सबैको सहयोग सहकार्य र एकता बद्द भैईसहयोग समिती निर्माण प्रक्रियामा अग्रसर हुने निर्णय गरिएको समितिका सदस्य माओवादी केंद्र का नेता मुकेश साहले बताए । साहले सम्बन्धित निकायले यसमा चासो नदिए आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने समेत बताएका छन।
समितीमा काङ्ग्रेस युवा नेता तथा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पुर्व अध्यक्ष जट्टाशन्कर सहनी,नेमकिपा बाराका अध्यक्ष मुक्ती यादव,सन्दिप कुमार गुप्ता,एजाज मन्सूर,रियाजुल अन्सारी,संतोष साह,समसुल मन्सुर,महमद सल्लाहुदिन अयुबी,सबिर मन्सुर,रोहित साह र लल्लु मन्सूर रहेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर