साजिर मन्सूर
कलैया,मङ्सिर १९
कलैया उपमहानगरपालिका वडा नम्बर १७ ले आफ्नो वडाका नागरिकहरुको स्वास्थ्यलाई विशेष हेरचाह गर्ने अभियान स्वरुप आजबाट निशुल्क चिनी रोग जाँच गर्ने सेवा शुरु गरेको छ । वडा अध्यक्ष दिपेन्द्र कुश्वाहाले नागरिकको लागि आफू हरेक सेवा वडा बाटै पाओस भन्नेमा रहेपनी सो पूरा हुन नसकेको मा आफै दुखित हुने गरेको बताए । कुश्वाहाले पाँच बर्ष सम्म वडाका नागरिकहरुलाई निशुल्क रुपमा चिनी रोग को जाँच गराउने बताए । कुश्वाहाले महिलाहरुका लागि युरिन प्रेग्नेन्सी टेस्ट,गर्भवती लाई आईरन चक्की,क्याल्सियम ट्याबलेट निशुल्क बितरण गर्ने बताएका छन । आजै वडा कार्यालय प्राङ्गणमा किरण आखा अस्पतालको समन्वयमा वडाका नागरिकहरुलाई आँखा शिबिर सन्चालन गरेको छ । सिबिरमा १२५ जनाको जाच गर्दा ४६ जनामा मोतिया बिन्दुको बिरामी,३० जनाको लेजर आँखा सफा गरिएको बताए । मोतिया बिन्दु भएकाको निशुल्क अपरेसन समेत गरिने बताएका छन । सिबिरमा किरन आँखा अस्पतालको डाक्टर निभा कुश्वाहा नेतृत्वको टोलिले आँखा चेकजाँच गरेको थियो ।
आजै जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ बिमा समेत गरिएको वडा अध्यक्ष कुश्वाहाले जनाए । महिला स्वयंसेविका दिवसका अवसरमा शुभकामना दिदै अध्यक्ष कुश्वाहाले स्वयंसेविकाहरु ईन्दु राम,गणिता कुश्वाहा,रिन्कु कुश्वाहा र सबिता पास्वानलाई सम्मानित समेत गरिएको वडा सचिव रमेन्द्र साहले जानकारी गराएका छन । सो अवसरमा वडा सदस्यहरु अब्बास अन्सारी,लक्ष्मी कुर्मी,सरस्वती कुर्मी,बबिता पाश्वान सहित स्थानियहरुको उपस्थिति रहेको थियो ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702