
पुष ८
महागढिमाई नगरपालिकाको बरियारपुर नजिकै रहेको भूतही पुल नजीक एक भारतिय नागरिकलाई गोली हानिएको छ । भारत बिहारको छौडादानोका अन्दाजी ५० बर्शको शिव पुजन राय नाम बताईएको ब्यक्तिलाई दुई वटा ईन्डियन नम्बर प्लेट मोटरसाइकल बाट आएका ५ जनाले गोलि हानेर भागेका प्रत्यक्षदर्शीले बताएका छन । घाईतेको छातिमा एक गोलि गोलि लागेको थियो। घाइतेलाई एलएस न्यूरो अस्पताल परवानिपुर गाउपालिका ५ मा लगिदा रायको ज्यान गैसकेको अस्पतालका प्रशासन ईन्चार्ज नन्देश सिंहले जनाएका छन ।