साजिर मन्सूर
गौर,पुष ९

प्रादेशिक अस्पताल गौर रौतहटमा पाठे घर झर्ने आङ्ग खस्ने समस्याबाट पिडित महिलाहरुका लागि नि शुल्क शल्य कृया शिबिरको आज उदघाटन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समाजिक बिकास मन्त्रालयको सचिव लक्ष्मी प्रसाद भट्टराईले आफुले गर्ने गौरव को आयोजनाको डिपिआर १४ गते भित्र गरेर पठाउन सके हामिले त्यसको लागि पहल गर्ने बताए । आङ्ग खस्ने समस्याले प्रभावित भएकाको लागि यो अवसर सुनौलो भएको र यसको लाभ रौतहट बासिले उठाउन बिशिस्ट अतिथि मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाका निर्देशक बिजय कुमार झाले आग्रह गरे ।
मधेस प्रदेश सरकार प्रादेशिक अस्पताल गौर स्वास्थ कार्यालय गौरमा भएको कार्यक्रम को आयोजना मधेस प्रदेश सरकार समाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय सपही धनुषाले आयोजना गरेको हो । रौतहट जिल्लामा हाल कम्तिमा २ सय भन्दा माथी आङ्ग खस्ने समस्याबाट महिलाहरु ग्रसित रहेको प्रादेशिक अस्पताल गौरका निमित मेसु डा. कृष्ण साहले जनाएका छन ।
प्रादेशिक अस्पताल गौरको अध्यक्ष अन्वर हास्मीको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक बिकास मन्त्रालयका स्वास्थ महाशाखा प्रमुख मुक्ति नारायण साह,डा. तेज शंकर यादव,सुरेश यादव सहित रौतहटका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका लेखा प्रमुख राम नरेश साहले जानकारी गराए ।
कार्यक्रमको सन्चालन प्रदेश स्वास्थ निर्देशनालयका योजना प्रमुख बिनोद यादवले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर