साजिर मन्सूर
कलैया,पुष २९
नेपाल आयुर्वेद स्वास्थ्यकर्मि समाजको जिल्ला अधिवेशनबाट नौ सदस्यीय कार्यसमिति गठन गरेको छ । नव गठित कार्यसमितिको अध्यक्षमा नथु सहनि चयन भएका छन । सिमरौनगढ आयुर्वेद औषधालयमा भएको नेपाल आयुर्वेद स्वास्थ्यकर्मि समाज जिल्ला कार्य समिति बाराको पाचौं जिल्ला अधिवेशन बाट सहनिलाई सर्वसम्मत रुपमा आगामी कार्यकालका लागि चयन गरिएको निबर्तमान अध्यक्ष सहदेव पन्डितले जानकारी गराएका छन । यस्तै कार्यसमितिको सचिवमा सन्जय कुमार,कोषाध्यक्षमा ज्योति कुमारि गुप्ता त्यस्तै सदस्यहरुमा रामप्रवेश कुमार यादव,रामदिनेश साह,प्रमोद कुमार स्वर्णकार,सरोज कुमार साह,मनोज भगत र मनोज जयसवाल चयन भएको निबर्तमान अध्यक्ष पन्डितले जनाएका छन ।
निबर्तमान अध्यक्ष पन्डितको अध्यक्षता एवम पुर्व केन्द्रिय बरिष्ट उपाध्यक्ष नागेन्द्र प्रसाद पटेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा समाजको पर्सा जिल्ला अध्यक्ष रुपनरायण झाको विशिष्ट आतिथ्यता रहेको थियो ।उक्त अधिवेशनमा जिल्लाका सबै आयुर्वेद संस्थामा कार्यरत आयुर्वेद स्वास्थ्य कर्मिहरुको सहभागिता रहेको थियो । रहि नयाँ नौ सदसिय कार्यसमिति गठन गरिएको छ । नयाँ
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702