साजिर मन्सूर
कलैया,पुष २९

महागढिमाई नगरपालिका बरियारपुरमा रहेको श्री गढिमाई बहुमुखी क्याम्पसको लागि जग्गा खरिद गर्न श्रीमद भागवत सप्ताहको आयोजना गरिने भएको छ । श्रीमद भागवत सप्ताह एवंम श्री गढ्ढीमाई महोत्सवको आयोजना गरेर त्यसबाट सन्कलित पैसाले श्री गढ्ढीमाई बहुमुखी क्याम्पसको जग्गा खरिद गरिने योजना रहेको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले जनाए ।
यसको आयोजना क्याम्पसले गर्ने जनाईएको छ ।
आयोजित छलफल कार्यक्रममा प्रमुख अतिथीको रूपमा सम्बोधन गर्दै नगर प्रमुख यादवले बिगत लामो समय देखि‌ ठप्प जस्तै रहेको श्री गढ्ढीमाई बहुमुखी क्याम्पसलाई सुचारु गराउन नगरपालिकाबाट ५ लाख सहयोग गरेको र जग्गा खरिद गर्न पनी ३५ लाख दिने घोषणा गर्नुभएको छ । नगर प्रमुखले दोस्रो कार्यकाल पनी शिक्षा क्षेत्रको बिकास गर्ने लक्ष्य रहेकोले श्री गढ्ढीमाई बहुमुखी क्याम्पसलाई स्नातकोत्तर तह सम्मको अध्ययन अध्यापन हुने गरी प्रदेशकै नमुना बनाउने प्रतिबद्धता गर्नुभएको छ । यादवले शिक्षा क्षेत्रको बिकास मात्र बिषयगत शिक्षक र राम्रो भौतिक पूर्वाधार बनाएर नभ‌ई शिक्षक र‌ बिधार्थी दुवैले आचारसंहिताको पालना गरेमा मात्रै शिक्षा क्षेत्रको बिकास हुने बताउनु भएको छ ।
श्री गढ्ढीमाई बहुमुखी क्याम्पस, बरियारपुरका अध्यक्ष बिजय स्वर्णकारको अध्यक्षतामा एवम क्याम्पस प्रमुख धर्मेन्द्र यादवको बिशेष योजना अन्तर्गत ऐतिहासिक श्रीमद भागवत एवंम श्री गढ्ढीमाई महोत्सव क्याम्पसको जग्गा खरिद गर्न सहयोग पुग्ने योजना अन्तर्गत बृहत छलफल कार्यक्रम सम्पन्न भएको हो ।
आजको छलफल कार्यक्रम बाट सो ऐतिहासिक श्रीमद भागवत एवंम श्री गढ्ढीमाई महोत्सव गराउन नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा १०८ सदस्यीय मुल समारोह समिती चयन गरिएको क्याम्पसका अध्यक्ष स्वर्णकारले जानकारी गराएका छन । स्वर्णकारले विश्व प्रसिद्ध गढिमाई मन्दिरको प्राङ्गणमा आयोजना गरिने सप्ताह तथा महोत्सव आगामी फाल्गुन २ गते देखि ११ गते सम्म गरिने जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर