गुणस्तरिय शिक्षाका लागि कलैया उपमहानगरले विशेष योजना ल्याउंछ( नगर प्रमुख साह
कलैया, ४ माघ) नगरका बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न कलैया उपमहानगरपालिकाले विशेष योजना ल्याउन लागेको नगर प्रमुख विनोद प्रसाद साहले बताएका छ्न।
सामुदायिक विधालयहरुलाई अंग्रेजी मेडियम बनाउनेदेखी निजि विधालयहरुलाई अनुदान दिई कक्षा ५ सम्मका बालबालिकाहरुलाई निशुल्क शिक्षा प्रदान गर्नेसम्म तयारी उपमहानगरले थालेको नगर प्रमुख साहले बताएका छन।
कलैया उपमहानगरपालिकाको शिक्षा शाखाले बुधवार आयोजना गरेको संस्थागत विधालयका संचालकहरुसंगको वैठकमा नगर प्रमुख साहले उक्त कुरा बताएका हुन।
बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख साहले नगरभित्र रहेका निजि विधालयहरुलाई नियमन गर्दै सामुदायिक विधालयहरुको स्तरोन्नती गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्नु आफ्नो प्रथम प्रयास रहेको बताएका हुन।
कलैया उपमहानगरमा संचालित दुई दर्जनभन्दा बढी विधालयका संचालकहरु सम्मिलित उक्त बैठकमा आगामी दिनमा नगरपालिका र विधालयबिच सकारात्मक समन्वय सहित अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा नगर उपप्रमुख रौशन प्रविन, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, शिक्षा शाखाका प्रमुख प्रह्लाद वर्णवाल, शाखा अधिकृत विजय अधिकारी नगर शिक्षा समितीका सदस्य महम्मद सगिर, मनोज कुवार लगायत सहभागी रहेका थिए।
च्बव
च्बव व्बष्कधबच
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702