बारा – माघ – १० –
श्री गढीमाई बहुमुखी क्याम्प द्वारा आयोजना गरिएको श्रीमद भगवत सप्ताह श्री गढीमाई धार्मिक महोत्सवको लागि नगरप्रमुख उपेन्द्र यादव द्वारा कार्यालयको उदघाटन गरिएकोछ ।

महागढीमाई नगरपालिका वडा नं १बरियारपुर अवस्थित श्री गढीमाई मन्दिर नजिक रहेको पानी ट्याङ्की कार्यालयमा श्रीमद भगवत सप्ताह श्री गढीमाई धार्मिक महोत्सवको लागि नगरप्रमुख उपेन्द्र यादवले महोत्सव कार्यालयको उद्घाटन गरिएको हो । नगरप्रमुख उपेन्द्र यादवले कार्यालयको उद्घाटन गर्दै श्री गढीमाई बहुमुखी क्याम्पको आयोजनामा फागुन २ गते देखि ९ गते सम्म श्रीमद भगवत सप्ताह श्री गढीमाई महोत्सव हुनेछ ।श्री गढीमाई बहुमुखी क्याम्प २०६५ साल देखि स्थापन भई आर्थिक समस्या झेल्दै संचालन हुँदै आएकोछ । श्री गढीमाई बहुमुखी क्याम्पको आफ्नो निजी जाग्गा र निजी भवन नभएको कारणले पठन पाठन गर्न समस्या भएपछि श्री गढीमाई बहुमुखी क्याम्पले धार्मिक महोत्सवको आयोजना गरि धार्मिक महोत्सवबाट आउने चन्दाबाट श्री गढीमाई बहुमुखी क्याम्पको जग्गा खरिद गर्ने महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएकोछ । बारा जिल्लाको बिच सेन्टरमा श्री गढीमाई बहुमुखी क्याम्प रहेकोछ । आफ्नो बालबाच्चाको भबिस्य उज्वलको लागि आर्थिक सहयोग देखि जग्गा र श्रम दान गर्न आवस्यक रहेकोछ। दान दाताको नाम देखि शालिक बनाउने ब्यवस्था रहेको नगरप्रमुखले बताए ।

श्रीमद भगवत सप्ताह धार्मिक महोत्सव मेलामा विभिन्न किसिमको मनोरञ्जनको ब्यवस्था , प्रबचन , रसलिला , लगाएत अन्य मनोरञ्जनात्मक ब्यवस्था रहेकोछ । उद्घाटन कार्यक्रम सम्पूर्ण वडा अध्यक्ष कार्यपालिका सदस्य , भैयाराम यादव , श्री गढीमाई बहुमुखी क्याम्प अध्यक्ष बिजय स्वर्णकार ,समाजसेबी जितेन्द्र गुप्ता , दिपप्रकास गुप्ता , अन्य समाज सेबी उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर