साजिर मन्सूर
कलैया,माघ १२
मधेस प्रदेशको मुख्य मन्त्री सरोज कुमार यादवले बारा सदरमुकाम कलैया उपमहानगरपालिकामा नगर सभा गृहको उदघाटन गरेका छन । कलैया १ स्थित जिल्ला प्रहरी कार्यालय नजिक रामजानकी मन्दिरको जग्गामा कलैया उपमहानगरपालिकाले बनाउन लागेको नगर सभा गृहको मुख्यमन्त्री यादवले शिलान्यास गरि उदघाटन गरेका हुन । १३ कट्ठा जग्गामा बन्न लागेको नगर सभा गृह बनाउन
साहु कन्ट्रक्सन रौतहटले ठेक्का पाएको प्रमुख प्रसासकिय अधिकृत नाथु साहले जानकारी गराए । सभा गृह बनाउन ५ करोड ६० लाख ९५ हजार ३ सय ८८ रुपैया ४८ पैसा भ्याट समेत रहेकामा ठेकेदारले ४ करोड ७ लाख ९२ हजार ९३ रुपैया ८१ पैसामा ठेक्का साकार गरेको हो । योजनालाई ३ बर्ष भित्र सम्पन्न गर्न समय सिमा भए पनि मेयर बिनोद साहले योजनालाई आफुले २ बर्ष भित्र नै सम्पन्न गराउने प्रतिबद्धता जनाएका छन । मेयर साहले कलैयामा बन्ने सभा गृहले समग्र बाराको नै परिचय दिने र गौरव को योजना रह्ने बताए ।
नगर सभा गृहको शिलान्यास गर्दै प्रमुख अतिथी मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादवले पैसाको घटाघट हैन अवधिको घटाघट गराएर अब बाट टेन्डर गराउने बताएका छन । राम्रो कर्मचारीलाई राम्रो स्थान र भ्रस्टाचार गर्ने कर्मचारीलाई छड्दिन मुख्यमन्त्री यादवले बताएका छन । आफ्नो प्रमुख काम प्रदेश बाट भ्रस्टाचार अन्त्य गर्ने रहेको मुख्यमन्त्री यादवले बताएका छन ।
पुजा आजामा मात्र विधि पुर्याउने तर निर्माणमा विधि नपुर्याउदा कमसल काम हुने गरेको प्रतिनिधि सभा सदस्य अच्युत मैनालिले बताए । समयमा योजना सम्पन्न हुनुपर्छ साथै गुणस्तरीय पनि हुनुपर्छ भन्नेमा मैनालिले जोड दिए । यो देशको निर्माण ब्यवसायीको नेताले समेत लिने ठेक्का राम्रो गरि सम्पन्न हुन नसकिरहेको मैनालिले जनाए । बाराका गाउँ गाउँ पिच भए तर सदरमुकाम धुल्लाम्मे आखिर कस्ले बनायो भनेर प्रती प्रश्न गरे मैनालिले ।
प्रदेश सान्सद महमद समिरले मटिअर्वामा छोटी भन्सार लाई चलाउन मुख्यमन्त्री लाई आग्रह गरेका छन । बारामा भन्सार शुरु भए बाराको सबै पर्यटकिय स्थलको बिकास हुने र यहाको पर्यटन बिकास हुने समिरले जिकिर गरेका छन । बाराको सबै पर्यटकिय स्थलको होर्डिङ्ग बोर्ड मटिअर्वा भम्सार मा राखेर यहाको पर्यटन को बिकास हुने र यहाका युवाले पनि रोजगारी पाउने महमद समिरले बताएका छन । बाराको आर्थिक समृद्धि का लागि पनि यहाको पर्यटन बिकास जरुरी रहेको बताए ।
कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साहको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी प्रतिनिधि सभासदस्य अच्युत मैनाली,प्रतिनिधि सभा सदस्य किशान श्रेष्ठ,प्रदेश सान्सद महम्द समीर,उप प्रमुख रौशन प्रविण,प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल,प्रहरी निरीक्षक होबिन्द्र बोगटी नागरिक समाज बाराको अध्यक्ष उमेशलाल दास सहित विभिन्न स्थानिय तहका मेयर/अध्यक्ष हरुको उपस्थिति रहेको थियो ।