साजिर मन्सूर
कलैया,माघ १७
कलैया उपमहानगरपालिका वडा नं २२ गाछिटोला उपभोक्ता समितिको आयोजनामा तथा कलैया उपमहा नगरपालिका एंव लुमन्ति संस्था को सहयाेगमा निर्माण भएको ३३ वटा घर आज हस्तान्तरण गरिएको छ । कलैया २२ गाछी टोलका अतिविपन्न परिवारका लागी निर्मित ३३ घर छनौट भएका घरधुरीको परिवारलाई कृषि तथा पशुपन्छी मन्त्री ज्वाला साहले हस्तान्तरण गरेकी हुन । प्रमुख अतिथी साहले अन्य गरिबका घरका लागि पहल गर्ने तथा कृषिमा आकर्षण बढाउने योजना ल्याउने साहले बताएकी छन ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य माननिय महमद समीरले मधेस प्रदेशका अतीविपन्न वर्ग भएका घरपरिवार हरुको लागि आवासको साथ साथै सरसफाई,शिक्षामा सुधार, स्वास्थ्य सेवामा पहुंच,पर्यटक लाई प्रोत्साहन तथा कृषक हरुलाई मलखाद उपलब्ध भए पछि मात्र समृद्ध मधेस सुखी मधेस बासी बनाउन सकिने बताउदै प्रमुख अतिथी नेपाल सरकारको कृषि मन्त्री साहलाई ध्यानाकर्षण गराए ।
कलैया उपमहानगरपालिका, २२ नं वडा समिति, लुमन्ती आवास, Abbe Pierre Foundation, MISEREOR/KZE संस्था को सहयोग मा अतिविपन्न परिवारका लागि सो ३३ घरधुरी निर्माण गरिएको लुमन्तीका कार्यक्रम संयोजक अब्दुल कैशले जानकारी गराए ।
लुमन्तीले प्रती परिवार १ लाख ८० हजारका दरले ५७ लाख ६० हजार सहयोग गरेको बाकी १५ लाख कलैया उपमहानगरपालिका तथा २५ लाख वडा नम्बर २२ को कार्यालय तथा ८ लाख ९५ हजार समुदाय बासिले मिलाएको लुमन्त्ती का कार्यक्रम संयोजक कैशले जनाए ।
३३ घर बनाउन जम्मा १ करोड ९ लाख लागत लागेको लुमन्तीका कैशले जनाएका छन ।
लुमन्तिका कैशले कलैयाका थवैइ २६ घर तथा मुसहर ८ घरका लागि पालिका सङ्ग समन्वय गरि सार्वजनिक जग्गाको खोजी गरि आवास बनाउने योजना रहेको कैशले जनाएका छन ।
कार्यक्रममा प्रदेश सान्सद रबिन्द्र सास श्रेष्ठ ,उप मेयर रैशन प्रविण,प्रमुख प्रशासकिय अधिकृत नाथु साह,काङ्ग्रेस जिल्ला सभापती एवम पुर्व मेयर राजेश राय यादव,सहायक प्रजिअ कृष्ण प्रसाद आचार्य, डिएसपी राजेश थापा,वडा अध्यक्षहरु,लुमन्तीका सिनियर म्यानेजर महेन्द्र शाक्य,हाउजिङ्ग म्यानेजर लुमन्ती जोशी,ईन्जिनियर बशुन्धरा महर्जन,एडमिन फाईनान्स अफिसर मिला शाक्य सहित स्थानियहरुको उपस्थिति रहेको थियो ।
लुमन्तिको अनिल मण्डलले सन्चालन गरेको कार्यक्रमको स्वागत समुदायबासी रमेश रामले गरेका थिए ।







