बिश्वास सम्बादाता
कलैया, २६ माघ

कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद प्रसाद साहले मानवत-मटिअर्वा सडकखण्ड अन्तर्गत निर्माण हुन बाकी रहेको मदिन टोलदेखि सितलपुरसम्मको सडकको निर्माण प्रकृया तत्काल अगाडि बढाउनुपर्ने बताएका छन।
नगर प्रमुख साहले सरकारी निकाय तथा ठेकेदारका कारण कलैयाबासीले दुख पाईरहेको भन्दै त्यस्को निराकरणका लागि तत्कालै लाग्नु पर्ने बताएक हुन।
सामाजिक परिवर्तन केन्द्र नामक संस्थाले बिहिवार कलैयामा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै नगर प्रमुख साहले अधुरो सडक निर्माणमा मुआब्जा समस्या तथा ठेकेदारहरुको रवैया नकारत्मक रहेकोले त्यसको समाधान गरि यथासिघ्र निर्माण प्रकृया अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै संबिधानसभा सदस्य प्रमोद प्रसाद गुप्ताले कर्मचारितन्त्रको गलत कृयाकलापले अधुरो सडक निर्माण हुननसकेको बताएका छन।
उनले हुलाकी सडक आयोजना तथा जिल्ला प्रशासन कार्यलयको लापरवाहिका कारण समस्या उत्पन्न भएको बताएका हुन।
जिल्ला प्रशासन कार्यालयले मुआब्जा पुर्नवलोकन नगरेको कारण कतिपय घरधनिले घर न भत्काएको भन्दै गुप्ताले हालको अवस्थालाई मध्यनजर गर्दै मुआब्जा रकमको पुर्नवलोकन गरि तत्काल सडक निर्माण प्रकृया थाल्नुपर्ने बताएका थिए।
माओवादी केन्द्रका नेता मुकेश साहले अधुरो सडक निर्माण गर्न इमानदारीपुर्वक लाग्नुपर्ने बताउंदै कुनै पनि बहानामा विकाश निर्माणको कार्यमा अवरोध गर्नु नहुने बताएका थिए।
सोही कार्यक्रममा सहभागी बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले आफू जिल्लामा नयां भएको र तत्कालै सडक निर्माण सम्बन्धी कागजपत्र अध्ययन गरि समस्याको समाधानतर्फ लाग्ने बताएका छन।
नगर प्रमुख साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साह, हुलाकी सडक आयोजनाका प्रमुख, संघर्ष समितिका सदस्यहरु, विभिन्न राजनितिक दलका नेता, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर