साजिर मन्सूर
कलैया,फाल्गुन ३
सुवर्ण गाउपालिका अध्यक्ष राजेश यादवले आज टि २० कृकेट प्रतियोगिताको उदघाटन गरेका छन । सुवर्ण को कवहि स्थित खेल मैदानमा प्रतियोगिताको उदघाटन गर्दै अध्यक्ष यादवले खेलकुदको बिकासले युवाहरुमा अनुशासित बिकास हुनाका साथै खेलाडी ले पालिका र देशको नाम चिनाउने बताए । यादवले आफुले खेल र खेलाडीको बिकासका लागि पर्याप्त बजेट को ब्यवस्थापन गर्ने बताएका छन ।
प्रतियोगितामा १६ वटा क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता फाल्गुन १८ गते सम्म चल्नेछ । आजको उदघाटन खेल ईटही क्रीकेट क्लब र कवही क्रीकेट क्लब बिच भएको हो ।
त्रीपुरेस्वर साहको अध्यक्षतामा भएको उक्त अवसरमा गाउपालिकाको उपाध्यक्ष पुनम कुमारी यादव,८ वटै वडाका अध्यक्षहरु,नेपाली काङ्ग्रेस वडा नम्बर २ का सभापती डा.श्यामबाबु यादव,७ का सभापति उमाशन्कर प्रसाद यादव,सुवर्ण गाउपालिका शिक्षक संघका अध्यक्ष रामेश्वर पास्वान,काङ्ग्रेस नेताहरु पवन कुमार,रामएकबाल सहनी,रामदेव राय,जयमङल यादव,लगायताकाको उपस्थिति रहेको थियो ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रसाद साहले स्वागत गरेको कार्यक्रमको सन्चालन सत्येन्द्र यादवले गरेका थिए ।







