साजिर मन्सूर
कलैया,फाल्गुन ४
बाल एकता बाे. स्कुल + 2 विज्ञान तथा व्यवस्थापन कलेज कलैयाका नेपाली बिषयका शिक्षक एवम बिश्वास एफएम कलैयाका समाचार वाचक मनोज सेढाईले अहिले को समयमा बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुको साथै समाजिक उतरदायीत्व बहन गर्न सिकाउनु अपरिहार्य रहेको बताएका छन । महाशिवरात्री पर्वकाे अवसरमा कलेजका कक्षा ५ देखि कक्षा ७ सम्मका छात्र छात्राद्वारा सिदेस्वर संस्कृत माबी प्राङ्गणमा रहेको सिदेस्वर नाथ मन्दिर परिसरको सरसफाइ गर्ने क्रममा सेढाईले यस्तो बताएका छन । सेढाईले अहिलेको समयमा बिद्यार्थी केवल बिधालयमा हुदा किताबी ज्ञान् र घरमा हुदा समाजिक सन्जालको प्रयोगमा समय बिताईरहेको प्रती आफू चिन्तित रहेको बताउदै समाजमा रहेका सबै किसिमका समाजिक गतिविधिमा समेत बिद्यार्थीको संमलग्नता अति आवस्यक रहेकाले आफुहरु यी र यस्ता क्रियाकलापमा विशेष ध्यान दिदै आएको बताएका छन । बिद्यार्थीहरु पनि यस्तो समाजिक कार्य गर्दा अत्यन्तै खुशी भएर गरेको देखेर उनिहरुको समाजिक मानसिक बिकास हुने सेढाईले जनाएका छन । बिद्यार्थीहरु समेत आफुहरु यस्तो क्रियाकलापमा सहभागी हुदा अत्यन्तै खुशी हुने गरेको बताएका छन । उनिहरुले हाम्रो समाजको हरेक धर्म जातजाति भेषभुषा को समान किसिमले सम्मान गर्ने र सबैको खुशिमा खुशी तथा दुखमा दुख ब्यक्त गर्न सके मात्र हाम्रो समाज शान्त र सुखी हुने बताएका छन । बाल एकताले गर्ने यस्तो कार्य अन्य बिधालयले समेत गरे अझ राम्रो हुने र समाजमा समयानुकुल शिक्षा को बिकास हुँदै जाने बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।







