काठमाडौं ।काठमाडौं उपत्यका मा थप १ हप्ता निषेधाज्ञा थप्ने तयारी प्रशासन ले गरेको छ ।
अहिले नै निषेधाज्ञा खोले कोरोना महामारी अझ फैलिन सक्ने भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी मा तीन वटै जिल्ला का प्रमुख जिल्ला अधिकारी जुटेका छन् ।
निषेधाज्ञा लम्बिए पनि अब जारी हुने निषेधाज्ञामा सबै सार्वजनिक यातायात चल्न दिनुपर्ने यातायात व्यवसायीको दबाब बढेको छ । यससम्बन्ध मा काठमाडौ ,ललितपुर र भक्तपुर का प्रमुख जिल्ला अधिकारीहरु छलफल मा जेटेका छन् । स्वास्थ्य मन्त्रालयको सुझावको आधारमा सबै सार्वजनिक सवारी साधन खुलाउने वा नखुलाउने भन्ने निर्णय गर्ने तयारी प्रजिअहरुको छ ।यद्यपि निषेधाज्ञा अझ खुकुलो हुने अधिकारिहरु को दाबी छ ।
यसअघिको खाद्यन्न तथा तरकारीका पसलहरु पूर्ण रुपमा संचालनका साथै २५ सिट माथिका सवारीसाधन जोरबिजोर प्रणाली मार्फत संचालन गर्न प्रशासन ले अनुमति दिइएको थियो ।
तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज अपराह्न ३ बजे बस्दैछ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गते शुरू भएको निषेधाज्ञा यही वैशाख २१ गते सकिँदैछ ।







