साजिर मन्सूर
कलैया,फाल्गुन १८

ज्योती पाराडाईज सेकेन्डरी ई बो स्कूलले आफ्नो ३३औ स्थापना दिवस एवम् अभिभावक दिवसको अवसरमा निः शुल्क दन्त स्वास्थय शिविरको आयोजना गरि सम्पन्न गरेको छ । गन्जभवानिपुर स्थित बिधालय प्राङ्गणमा सिबिर सम्पन्न भएको बिधालयका सन्स्थापक एवम एन प्याबसन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले जानकारी गराएका छन । श्री कृष्ण डेण्टल क्लिनिक कलैयाको सहयोगमा उक्त शिबिर सम्पन्न गरिएको हो । शिबिरमा डा.मुकेश प्रसाद यादव ,डा. गिरीष चौधरी र डा.संदीप साहले चेकजाँच गरेको कुश्वाहाले जनाएका छ्न । शिबिरमा ७०० छात्र-छात्रा र ५० जना अभिभावकहरूको चेक जाच गरीएको कुश्वाहाले जनाएका छन । कुश्वाहाले बिधालयको स्थापना दिवसका अवसरमा प्रत्येक बर्ष यसै गरि विभिन्न किसिमको कार्यक्रम गरि मनाईदै आएको बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर