साजिर मन्सूर
कलैया,फाल्गुन २०
बाल एकता सेकेन्डरी स्कुल +२ बिज्ञान तथा ब्यवस्थापन कलेजले आफ्नो ३१ औ बार्षिकोत्सव एवम अभिभावक दिवस धुमधामका साथ मनाएको छ । कलैया ६ स्थित बिधालय प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।
बाल एकता बाराको एक अब्बल बिधालयको रुपमा स्थापित हुँदै गएको छ । बिधालयमा हाल करिब १८ सय छात्रछात्रा हरु अध्ययन गरिरहेको बोर्डिङका प्रधानाध्यापक रुपेस सरार्फले जानकारी गराए ।
बाल एकता बाराको एक ख्याती प्राप्त बिधालय भएको सरार्फले बताएका छन । बिधालयमा बिद्यार्थी ओसारपसार गर्न ४ वटा ठुलो बस र एउटा सानो भ्यान सङ्गै आफ्नै बिधालय भवन,खेलकुद मैदान,पुस्तकालय,प्रयोगशाला,आफ्नै छात्राबास समेत रहेको प्रधानाध्यापक सरार्फले जानकारी गराए । यहाँ अध्ययन गरेका बिद्यार्थीहरु देशका विभिन्न स्थानमा प्रशासनिक सेवामा,डक्टर,ईन्जिनियर,पत्रकार सङ्गै राजनैतिक छेत्रमा समेत पुगेको सरार्फले जनाएका छन । कलेजमा बिज्ञान र ब्यवस्थापन सन्काय समेत सन्चालमा रहेको सरार्फले जनाएका छन ।
बिधालयका सन्चालक समिती अध्यक्ष भोला साह सोनारको अध्यक्षता तथा कलैया उपमहानगरपालिकाको प्रमुख बिनोद साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथी कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नाथु साह, काङ्ग्रेस बाराको जिल्ला सदस्य एवम बिश्वास एफएमको सन्चालिका पृयन्का कुमारी दास,बिधालयको निर्देशक सुमोध सरार्फ,एन प्याबशन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहा,बारा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदिप साह(गोल्डेन),कलैया उपमहानगरपालिका तत्कालिन मेयर भरत बहादुर मल्ल,वडा नम्बर ६ का वडा अध्यक्ष राम बिश्वास ठाकुर,नेपाल प्रेस युनियन बाराका सचिव एवम बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक साजिर मन्सूर,देबेन्द्र गिरि,एन प्याबसनका केन्द्रिय सचिव अलि महमद अन्सारी,प्रभु बैंक कलैयाका प्रमुख मुकेश गुप्ता,श्री जनता माबिका प्रधानाध्यापक लालबाबु जयस्वाल,श्री नेरा माबी खुट्वा का प्रधानाध्यापक रबिन्द्र गिरि,नेल्टा बाराका सचिव रमेश कुश्वाहा,नेल्टा मधेश सचिव रामबहादुर पडित,नेल्टाका नरेन्द्र निधि,श्री नेरान्माबी मदर्शाका प्रधानाध्यापक मनोज साह,दुर्गा माबी बरेवाका प्रधानाध्यापक मनोज यादव,कलैया जेसिआई का अध्यक्ष सुबाश जयस्वाल,बिपि कोईराला फाउन्डेसन बाराका अध्यक्ष राजेश सिंह,मनकामना कलेजका संस्थापक रामबाबु कुश्वाहा सहित अभिभावक एवम शिक्षाप्रेमीहरुको उपस्थिति रहेको थियो ।
बिधालयका शिक्षक मनोज सेढाईले सन्चालन गरेको कार्यक्रममा स्वागत कलेजका प्रधानाध्यापक सरार्फले गरेका थिए ।
कार्यक्रम सन्चालन गर्न सहायक सन्चालकको रुपमा नाजरिन प्रविण,निकिता सिंह,अन्किता सिंह र शुभम सिंह,रितिका कर्ण,श्रेया साहले उदघोषण गरेका थिए ।







