पर्सा । पर्सा मा पनि सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साको बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै जिल्ला भित्र मात्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै बैठक ले स्वास्थ्य मापदण्डको पालना गरी पसल, होटेल एवम् रेष्टुरेन्टमा कुल क्षमताको ५० प्रतिशत मात्र सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर