साजिर मन्सूर
कलैया,फाल्गुन ३०
कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले कलैया उपमहानगरपालिका भित्रका सबै एलानी जग्गा स्थानिय तह मातहत ल्याएरै छाड्ने बताएका छन । सुशासन पारदर्शीता जवाफ देहिता कलैया उपमहानगरको प्रतिबद्धता भन्ने नारा सहित आज कलैया उपमहानगरपालिका वडा नम्बर २४ स्थित श्री नेरा माबी मनहर्वामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख साहले यस्तो बताएका हुन । नगर प्रमुख साहले उठेका सबै प्रशनको जवाफ दिएका थिए । उनले सरसफाइ,शिक्षा र कृषि एवम किसानको बिकास मा आफू लागेको बताए । साहले नगरपालिकाभित्र भ्रष्टाचारलाई शून्य पार्ने बताउंदै नगरको चौतर्फी विकाशका लागि आवस्यक पुर्वाधारहरुको निर्माणमा आफू लागि परेको बताएका छन।
नगर प्रमुख साहले शिक्षा, स्वास्थ्य तथा भौतिक पुर्वाधारका क्षेत्रमा विशेष रुपमा काम गरिने बताएका छन।
सुनुवाईका क्रममा स्थानिय जयराम यादवले नगरमा सरसफाइको कमि,खानेपानीको ब्यवस्थापन नहुनु,सौचालयको अभाव,किसानलाई मल खादको अभाव,किसानलाई अनुदान नदिईनु र वडामा अधिकान्स खेती योग्य जमिनको भु माफिया द्वारा प्लटिङ्ग गरि बाझो राख्दा अन्य खेती मा समेत प्रतिकुल प्रभाव परिरहेकोमा कलैया सरकार जिम्मेवारी बाट पन्छिएको आरोप लगाएका छन ।
स्थानिय प्रेमलाल चौधरीले बिधालयको कम्पाउन्ड बाल बिधालय भवनको अभाव रहेको तर स्थानिय सरकारको ध्यान नगएको बताए ।
रामधारी अधिकारीले श्रीपुरको घुम्ती बाटोलाई सिधा नगर्दा हरेक पल्ट सडक दुर्घटना बढिरहेकोले श्रीपुरको घुम्ति बाटो सिधा गर्न माग गरे ।
मेनेजर राउतले सुन्ने र सुनाउने दुबै ईमान्दारिका साथ काम गर्नुपर्ने बताए । बिधालयको नाममा रहेको जग्गा फुकुवा हुनुपर्नेमा जोड दिए । उनले हालका युवाहरु बढी दुर्ब्यशनीमा लागेको बताउदै स्थानिय सरकार कानमा तेल हालेर बस्नु गलत भएको बताए । लखपतिया देबिले गाउमा सौचालय र ढल निकासको अभाव हुदा गाउमा दैनिक जसो झैझगडा हुने गरेको प्रती स्थानिय सरकारको ध्यानाकर्षण गराईन ।
रघुबर यादवले आफुले निजि जग्गा दान गरेपनी बर्थिङ्ग सेन्टर नबनाउने अनि जङलको एलानी जग्गामा बिना लालपुर्जा को बर्थिङ्ग सेन्टर बन्नु गलत भएको बताउदै यसमा सम्बन्धीत निकायको ध्यान जान जरुरी रहेको बताए ।
मिना चौधरीले श्री नेरा आधारभुत बिधालय श्रीपुरमा बिधालय भवन, सौचालय र खानेपानीको अभाव भएको बताईन । बिद्यार्थी संख्या बढी भएपनी ध्यान नदिदा बिद्यार्थीहरु बाहिर नै सौच गर्न बाध्य हुनुपरेको दुखेसो पोखिन ।
पुर्व वडा अध्यक्ष हरिलाल चौधरीले कृषि प्रधान रहेको वडामा सिचाईका लागि परम्परागत सिचाई कुलो सफा गर्न पालिकाले आवस्यक बजेट छुट्याउन आग्रह गरे । चौधरीले कलैयाको अधुरो बाटो निर्माणमा किन ढिलाई,लामखुट्टे नियन्त्रण किन भएन,डिजे अस्लिल गित बन्द किन भएन,एलानी जग्गा सरकार मातहत किन आउन सकेन भनेर कलैया सरकार सङ्ग प्रश्न गरेका थिए ।
सोही अवसरमा एकीकृत समाजबादिका नेता ध्रुब यादवले किसानका लागि मलको कोटा बढाउनुपर्ने,बिधालयको शैक्षिक स्तर बढाउनुपर्ने,सर्लाहिको भरत ताल जस्तै बिनोद ताल बनाएर पर्यटनको बिकास गर्न सुझाए ।
उठेका सबै जिज्ञासाको दिदै प्रमुख प्रशासकिय अधिकृत नाथु साहले अहिले बिश्वभर नै आर्थिक मन्दी को सम्भावना रहेको बताउदै देशमा पनि पहिलाको जस्तो बजेट आउन नसकेको बताए । जितपुर सिमरा उपमहानगरपालिकाले ढुङ्गा गिट्टि बालुवा को ठेक्का बाट आन्तरिक श्रोत बाट बार्षिक २० करोड राजस्व संकलन गर्दा कलैयाले जम्मा ५ करोड संकलन गर्ने गरेको कारण पनि बजेटको सिलिङ्ग कम भएकोले गाह्रो भएको बताए । साहले उठेका जिज्ञासा को सम्बोधन गरेका थिए ।
नगर प्रमुख साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साह,ईन्जिनियर माधव यादव,प्रशासन शाखा प्रमुख दिवाकर झा,स्थानिय शासन बिज्ञ नजबुल्लाह अन्सारी,आईटी शाखा प्रमुख सुरेश यादव,वडा नम्बर २४ का वडा अध्यक्ष हिरालाल चौधरी,पुर्व वडा अध्यक्ष हरिलाल चौधरी,बिधालय ब्यवस्थापन समिती अध्यक्ष राम दयाल चौधरी,प्रधानाध्यापक हरि किशोर कुवर,शिक्षा समितिका सदस्य महमद सगिर,मनोज जयस्वाल,वडा सदस्यहरु,काङ्ग्रेसका स्थानिय नेता,एमालेका वडा कमिटी अध्यक्ष कमरुलहक देवान,एकीकृत समाजबादी पार्टीका नेता ध्रुब यादव,राप्रपा नेपालका बलिराम पटेल,सहित नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
बिश्वास एफएम कलैयाले सहजीकरण गरेको कार्यक्रमको आयोजना कलैया उपमहानगरपालिका र वडा नम्बर २४ को कार्यालयले गरेको थियो ।