साजिर मन्सूर
कलैया,चैत्र ४
शुभ लाभ बहुमुखी सहकारी संस्था को ११ औ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न भएको छ । कलैया ४ स्थित संस्था प्राङ्गणमा आयोजित बृहत रक्तदान कार्यक्रममा ५ जना महिला र ८५ जना पुरुष गरि जम्मा ९० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष राजेश प्रसाद जैस्वारले जानकारी गराएका छन ।
अध्यक्ष जैस्वारको अध्यक्षता तथा पुर्व प्रदेश सभा सदस्य पारस साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रामचन्द्र प्यासी,माओवादी युवा नेता मुकेश साह,काङ्ग्रेस युवा नेता लोकेश सिंह,एकीकृत समाजबादीका युवा नेता पुरुशोतम लामा,हरिओम साह,लोसपाका नेता बृजकिशोर साह,नेपाल प्रेस युनियन बाराका सचिव साजिर मन्सूर,जसपाका युवा नेता सुजित पान्डे लगायतकाको उपस्थिति रहेको थियो ।
सचिव नन्दन कुमार साहले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष राजेश साहले संचालन गरेका थिए ।







