साजिर मन्सूर
कलैया,चैत्र १२

बारामा रहेका सबै एचआईभी सन्क्रमितहरुका लागि प्रत्येक स्थानिय सरकारले बजेट छुट्याउन आवस्यक रहेको जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहले आग्रह गरेका छन । ब्लु हेभेन नेपाल कलैया द्वारा आयोजित बाराका सबै पालिका प्रमुख सरोकारवालाहरु सङ्गको बैठकमा प्रमुख अतिथी समेत रहेका साहले यस्तो बताएका हुन ।
साहले केही दिन अगाडी सन्चारकर्मी साजिर मन्सूरले लेखेको समाचार एचआईभी सन्क्रमित भएका हरु सङ्ग प्रादेशिक अस्पताल कलैयाका डाक्टरहरु पनि डराउछन त्यो पढेर आफू अचम्मित भएको बताउदै त्यस्तो गर्ने उपर कानुन बमोजिम अगाडी बढ्नुपर्ने समेत बताए । सोही अवसरमा ब्लु हेभेन नेपाल कलैयाकी कार्यक्रम सम्योजक पुर्णिमा श्रेष्ठले एचआईभी सन्क्रमितहरु सङ्ग भेदभाव तथा लान्छना बढ्दै गएको बताएकी छन । कलैया ४ स्थित जिल्ला समन्वय समिती बाराको सभा हलमा आयोजित कार्यक्रममा श्रेष्ठले एड्स लागेका ब्यक्तीलाई लान्छना भेदभाव अन्त्य गराउन सबै स्थानिय सरकारको समेत सहयोग अपरिहार्य भएको बताईन । रुढीबादी परम्पराको अन्त्य कसरी गर्ने बताउदै यो रोग लाग्ने बितिकै मान्छे मर्ने हुदैन यसको औषधि छ निरन्तर को सेवनले सामान्य जीवन बाच्न सक्ने श्रेष्ठले बताईन ।
एचआईभि जो कोहिलाई पनि लाग्न सक्छ भन्दै डक्टरहरुले समेत एच आई भि भएकालाई हेर्ने दृस्टीकोण गलत रहेको र यसलाई बदल्नु पर्ने बताउदै यसको रोकथामका लागि सिमरौनगढ सरकार सकारात्मक रहेको र आवस्यक बजेट छुट्याउन आफू तैयार रहेको मेयर किशोरी साह कलवारले बताए । कोल्बी नगरपालिकाका मेयर रामप्रसाद चौधरीले दीर्घ रोगिहरुका लागि पालिकाले सहयोग गर्दै आएको र यसको लागि समेत यो बर्ष बाट बजेट छुट्याईसकेको बताए । प्रसौनी गाउपालिका अध्यक्ष बिनोद जैस्वाल र बारागढी गाउपालिका अध्यक्ष अशोक जैस्वालले समेत आवस्यक सहयोग गर्न प्रतिबद्धता जनाएका छन । नकारात्मक ब्यवहारले सम्क्रमितहरुमा एनजाईटी,डिप्रेसनमा जाने अवस्था रहेको श्रेष्ठले बताएकी छन । सो अवसरमा श्रेष्ठले बारामा अहिले २ सय जना नियमित एचआईभि को औसधि खान्छन जसमा ४५ जना महिला समेत रहेको बताईन । बारामा हाल ५ हजार समलिङ्गी तथा तेस्रो लिङ्गी रहेको जसमा ५५ जना एचआईभी सन्क्रमित भएको जनाईन ।
बारामा हाल जम्मा ४ सय ६० को संख्यामा एचआईभी सब्क्रमितहरु रहेको समेत उनले बताएकी छन ।
गोपनियताको कारण अन्य जिल्लामा गएर पनि केहिले औषधि खाने गरेको उनले बताईन । बारामा एचआईभी का कारण अहिले सम्म ७ जनाको ज्यान गैसकेको कार्यक्रम सम्योजक श्रेष्ठले जनाईन ।
आयोजक ब्लु हेभेन नेपाल कलैयाको आयोजनामा भएको कार्यक्रममा बाराका स्थानिय तहहरुको प्रमुख उप प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार