साजिर मन्सूर
कलैया,बैशाख २

“शिक्षा संस्कार सुरक्षा” भन्ने उदेश्य सहित बारा सदरमुकाम कलैया ६ मा पहिलो पटक न्युरो एजुकेसन टिचिङ्ग कन्सेप्टमा आधारित गौतम श्री बोर्डिङ स्कुल बारा प्रालि आजबाट सन्चालनमा आएको छ । पुर्ण रुपमा मोन्टेसरीमा आधारित गौतम श्री बोर्डिङमा शैक्षिकसत्र २०८०/०८१ का लागि कक्षा पि जि देखि ५ सम्मका बिद्यार्थीहरुलाई निशुल्क रुपमा भर्ना खुल्ला गरिएको बोर्डिङका प्रधानाध्यापक मनोज सेढाईले जनाएका छन ।
बोर्डिङमा पुर्ण पारिवारिक बातावरण,अनुभवी शिक्षक शिछिकाको ब्यवस्था सहित बाल मैत्री कक्षाको ब्यवस्थापन रहेको सेढाईले जनाएका छन । बोर्डिङमा हरेक महिना मेडिकल चेक अपको ब्यवस्था,अडियो/भिडियो कक्षा को ब्यवस्था,समय समयमा अध्यात्मिक कक्षाको ब्यवस्था,यातायात तथा स्वस्थकर खाजाको ब्यवस्था,प्रयोगात्मक शिक्षामा बिशेष जोड दिईने समेत सेढाईले जनाएका छन । संगीत नृत्य र उदघोषण जस्ता अतिरिक्त क्रियाकलापमा बिशेष जोड,अभिभावक शिक्षक तथा बिद्यार्थी बिच त्रीपछिय अन्तरक्रिया गराईने र निरन्तर मासिक तथा एकाई परिक्षा गराईने प्रधानाध्यापक सेढाईले जनाएका छन ।

नया बर्ष २०८० को सुभारम्भ सङै सम्पुर्ण शिक्षाप्रेमीमा सुभकामना ब्यक्त गर्दै नया कन्सेप्टमा बोर्डिङको खाचो भएको भनेर अभिभावकहरुको सल्लाहमा गौतम श्री बोर्डिङ खोलिएको सन्चालक राजा जयस्वालले बताए । अन्य बिधालयहरु भन्दा अलि फरक आजको युगको आवस्यकतानुसार शिक्षण गराउने यो बिधालयको प्रमुख उदेश्य रहने जयस्वालले जनाएका छन । बोर्डिङले आवस्यक सबै पुर्वाधार जुटाएको र अझ यसमा थप गर्दै जाने सन्चालक जयस्वालले जनाए ।

कलैया उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत बिजय अधिकारीले बोर्डिङमा रहेको फुलको गमलामा पानी हालेर उदघाटन गरेका छन । प्रमुख अतिथि समेत रहेका अधिकारीले बोर्डिङको उदेश्य एकदमै समय सान्दर्भिक रहेको र यसले आफ्नो उदेश्य अवस्य पूरा गर्नेमा आफू बिश्वस्त रहेको बताए । अहिलेको आवस्यकतानुसारको शैक्षिक गतिविधिका लागि आवस्यक सहयोग कलैया उपमहानगरको शिक्षा शाखाले उपलब्ध गराउने समेत अधिकारीले बताए ।
रामानन्द प्रसाद केशरीको अध्यक्षतामा बोर्डिङको उदघाटन भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार