शिल्पा कुश्वाहा
कलैया,बैशाख १७

नेपाल प्रेस युनियन बारा शाखाको जिल्ला अधिवेशन बैशाख २२ गते शुक्रवार कलैयामा हुने भएको छ ।

प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा युनियन बाराको कलैया स्थित कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले अधिवेशन बैशाख २२ गते गर्ने निर्णय भएको समितिका सचिव साजिर मंसुरले बताउनुभयो ।

नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालय समितिको २०७९ चैत्र २९ गते बसेको बैठकले बैशाख १६ गतेदेखि ३१ गतेभित्र जिल्ला अधिवेशनहरु सम्पन्न गर्न परिपत्र गरेपछि सोही अनुरुप बुधवार बसेको जिल्ला कार्यसमितिको वैठकले अधिवेशन केन्द्रीय सर्कुलर अनुसार बैशाख २२ गते कलैया स्थित होटल करण राज प्यालेसमा गर्ने निर्णय गरिएको समितिका सचिव मंसुरले बताए ।

अधिवेशनका लागि सदस्यता नवीकरण लगायतका काम भइसकोले अव अधिवेशनमा केन्द्रीत हुन सबै युनियन सदस्यहरुलाई आग्रह समेत गरिएको मन्सूरले बताएका छन ।
युनियनमा अब पुर्ण रुपमा श्रमजिवी पत्रकारहरुलाई बढावा दिदै पत्रकारितालाई अझ स्वच्छ एवम निस्पछ बनाईने शाखाका अध्यक्ष यादवले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर