साजिर मन्सूर
कलैया,बैशाख १९

मंगलबार टिम नेपालले युएईविरुद्धको खेलमा जित निकालेपछि बधाई दिँदै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित कलैयामा दिप प्रज्वलन गरिएको छ । यस अघि देशका प्रधानमन्त्री प्रचण्डको निर्देशन बमोजिम माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरुलाई हौसला बढाउन खेल मैदान पुगेका थिए भने जितपछि उनले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिँदै जितको खुसी साटेका थिए ।
नेपाल २१ वर्षअघि नै छनोट भएको थियो ।

यूएईलाई पराजित गरेर एसीसी प्रिमियर कप क्रिकेट जित्दै नेपालले अब एसिया कप खेल्ने छ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो

एसिया कपमा छनोट भएको भने यो दोस्रो पटक हो । २००२ मा पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो । सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो ।
दिप प्रज्वलनमा पुर्व रास्ट्रीय खेलाडी तथा कलैया क्रीकेट क्लबका पुर्व कप्तान कुमार थापा,पुर्व खेलाडी जट्टाशन्कर सरार्फ,कलैया जेसिज का पुर्व अध्यक्ष धनिलाल सरार्फ,पत्रकार महा संघ बाराका उपाध्यक्ष रामबाबु मेहता,प्रेस युनियन बाराका सचिव तथा पुर्व खेलाडी साजिर मन्सूर सहित अन्य खेलाडीहरु को उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर