
बिश्वास सम्बादाता
कलैया,जेष्ठ ४
फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अन्सारीले अधुरो बाटो पिच गर्नलाई आफ्नै घर डोजर लगाएर भत्काएका छन । यस अघिका जनप्रतिनिधिले मटिअर्वादेखि बिरगन्ज जाने नहरको बाटोमा परेको फेटा गाउपालिका ३ मा पर्ने फेटा वजारको नै बाटो पिच नभएको र नाला समेत भोट बैंकका लागि बनाउन नसकेको कारण फेटा बजार कुरुप बन्दै गएकोले आफुले त्यसलाई बनाउन थालेको अन्सारीले बताएका छन । सारा गाउपालिकाको मुख्य बजारका रुपमा रहेको फेटा बजार ब्यवस्थापन गराउन पालिका बासिले निरन्तर भनेकाले कार्यपालिका का सबै सदस्यहरुको सहयोगमा बजार ब्यवस्थापन गर्न र अधुरो बाटोमा पिच एवम नाला बनाउन पहिले आफैले आफ्नो मुख्य चौकमा भएको पक्की घर डोजरले भत्काउन लगाएको अन्सारीले बताए । अध्यक्ष अन्सारीले अब चौकको सोला साह र नरेश साहको घर को केही फिट टोडेर समस्या समाधान हुने र फेटाको मुहार फेरिने भएकाले वहाहरुले समेत यसमा साथ दिन आवस्यक भएको बताएका छन । आफुले नै पहिले आफ्नो घर तोडेका कारण अन्य जनताए समेत यो महान कार्यमा सघाउने आफुले बिश्वास लिएको अन्सारीले बताएका छन। अन्सारीले मटिअर्वा देखि बिरगंज सम्म को नाहर को बाटो पिच भैसकेको र फेटा बजार मात्र पिच नहुदा सारा फेटा बासिका लागि यो लज्जाको बिषय भएकोले समेत सबै जनताले यसमा साथ दिनुपर्ने आग्रह गरेका छन । समयमै बाटो बनाउन नसके कलैयाको मानवत मटिअर्वा सडक जस्तै बर्षौ यहाका जनताले धुलो धुवा खानु पर्नेमा समेत सबैको ध्यान जानुपर्ने फेटा गाउपालिका वडा नम्बर ३ का अध्यक्ष प्रल्हाद प्रसाद साहले बताए । वडा अध्यक्ष साहले फेटाको समग्र बिकासका लागि पहिला फेटा बजार नै सफा सुन्दर नभए समग्र गाउपालिका नै कुरुप देखिने बताए त्यसैले सबैको साथ हुनुपर्नेमा जोड दिए । समाजसेवी मनोज साह कल्वारले समेत फेटाको अध्यक्ष अन्सारीको प्रसंशा गर्दै बिकासका लागि गाउपालिका अध्यक्ष अहोरात्र खटेको र यसका लागि धन्यवाद दिदै सारा गाउपालिका बासी अन्सारीलाई सघाउनु पर्नेमा जोड दिए । स्थानिय समाजसेवी रामनारायण बैठाले सारा गाउपालिकाको जनताले बिकास चाहेको बताउदै सबैको साथ अहिलेका गाउपालिका अध्यक्ष अन्सारीको साथ रहेको बताएका छन ।