साजिर मन्सूर
कलैया,जेष्ठ ४

कलैयामा शि लिड्स(महिला नेतृत्व कार्यक्रम) अन्तरगत मान्डविको आयोजनामा बाराका राजनैतिक दलका प्रतिनिधिहरु सङ्ग लैङ्िगक समानता तथा लैङ्िगक उतरदायी उतरदायी बजेट निर्माण सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

करण राज पार्टी प्यालेसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । बजेट निर्माण प्रक्रियामा लैङ्िगक समानता तथा लैङ्िगक उतरदायी बनाउन विशेष छलफल सहित कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
बजेट निर्माण प्रक्रिया सङ्गै राजनैतिक र निर्णय प्रक्रियामा समेत सबैको अर्थ पुर्ण सहभागीतालाई प्रवर्द्धन गर्ने,राजनितिमा महिला विरुद्ध हुने हिंसाको कमि गराउन,राजनितिमा महिलाहरूको सहभागितालाई समर्थन गर्न समेत सरोकारवालाहरुको जोड हुनुपर्नेमा नेपाली काङ्ग्रेस बाराकी जिल्ला कमिटी सदस्य युवा नेतृ प्रीयन्का दासले बताएकी छन । काङ्ग्रेसको प्रतिनिधि रहेकी दासले खास गरि अहिलेको समाजमा महिलाहरुलाई कसरी राजनितीक प्रतिनिधित्व सुनिस्चित गर्न सकिन्छ र त्यसका लागि सरोकारवालाले के कसरी भुमिका खेल्न सक्छन भन्ने बिषयमा महत्वपुर्ण छलफल सहित भुमिकाका बारेमा समेत सरोकारवाला पुर्ण ईमान्दार बन्नुपर्नेमा जोड दिएकी हुन ।
बन्चितिकिकरणमा परेका महिला,अपांग,दलित,बालबालिका,जेष्ठ नागरिक ईत्यादिलाई बजेट बनाउन लैङ्िगक मैत्री बनाउनमा पार्टीले पनि ह्विप नै जारी गर्न सक्नुपर्नेमा जोड दिएकी छन । दासले आयोजक संस्था मान्डविलाई यश खालका कार्यक्रमको आयोजना गरेकामा काङ्ग्रेस पार्टीकै तर्फबाट धन्यवाद दिएकी छन ।
रास्ट्रीय स्वतन्त्र पार्टी बाराका सम्योजक चन्दन स्वर्णकारले नितिमा मात्र नभएर यस खालका बिषय ब्यवहारमा उतार्न सके मात्र राज्य समृद्धि तर्फ लाग्न सक्ने बताएका छन ।
जनमत पार्टीका केन्द्रिय सदस्य रामबाबु साहले लैङ्िगक समानता तथा लैङ्िगक उतरदायी बजेट निर्माणका लागि आफुले पार्टीमा बिशेष आवाज उठाउने र सदन सम्म यसको लागि पहल गर्न रास्ट्रीय अध्यक्षलाई झकझकाउने बताए ।
जसपाका जिल्ला सचिव मुर्तुजा अन्सारीले मान्डविलाई धन्यवाद दिदै जसपाले जितेका स्थानिय तहहरुमा अनिवार्य रुपमा बजेट बनाउदा लैङ्िगक समानता तथा लैङ्िगक उतरदायी बजेट बनाउन लगाउन पहल गर्ने बताए ।

माओवादी केंद्रका कलैया नगर उपाध्यक्ष आबिद अन्सारीले कागजमा मात्र सिमित हुनबाट रोक्नुपर्ने बताए ।
पार्टी बाटै समानता र लैङ्िगकता लाई स्थापित गर्न सक्नुपर्नेमा एकीकृत समाजबादी का प्रदेश कमिटी सदस्य एवम अखिल नेपाल महिला संघको बारा अध्यक्ष गौरी ढकालले बताईन । ढकालले कार्यशालामा उपस्थित सबै दलका नेताले लछित बर्गका लागि पहल गर्न सबै ईमान्दारिका साथ आवाज उठाउन र उनिहरुको गुणस्तरीय जीवन यापनका लागि आवस्यक पहल गर्न आग्रह गरिन ।
नेमकिपाका बारा अध्यक्ष मुक्ति यादवले अहिले पनि धेरै ठाउमा शोषण भएको त्यसलाई पनि रोक्न सबै राजनैतिक दलका नेताले आवाज उठाउनु पर्ने बताए । छोरालाई बोर्डिङ मा पढाउने तर छोरिलाई नपढाउने मनोवृत्ति लाई हटाउन आग्रह गरे। छोरा त सात समुद्र पार गएर पनि कमाउन सक्ने तर छोरी जान नसक्ने भएकाले छोरिलाई पढाउन आग्रह गरे ।
मान्ड्विका कार्यक्रम सम्योजक मुनिलाल बैठाले कार्यक्रमको सुरुमै बोल्दै केवल भौतिक पुर्वाधारको बिकास मा मात्र साझेदारी गरि कार्यक्रम हुँदै आएपनी सफ्ट वेयरको काम नहुने हुदा महिलाको राजनितीक अधिकार बन्चित हुँदै आएको बताउदै अर्थपूर्ण रुपमा बजेट निर्माण प्रक्रियामा महिलाहरु सहित सबै कलस्टरको सहभागीता हुनुपर्नेमा जोड दिए । बैठाले सम्विधानले पनि लैङ्िगक उतरदायी बजेट बनाउन सबैको अर्थपूर्ण सहभागीता हुनुपर्ने भने पनि त्यो हुन नसकेकोमा महिलाहरु दुखित भएको बताए ।

बाराका सबै राजनीतिक दलका नेता पार्टी प्रतिनिधि गरि ३१ जनाको उपस्थिति रहेको थियो ।

अस्ट्रेलियन एड र स्विस सरकार बिकास सहयोग एसडिसी को आर्थिक सहयोग तथा आइ एफ ई एस को प्राबिधिक सहयोगमा अन्तरक्रिया सम्पन्न भएको हो । उक्त अवसरमा बाराका सम्पुर्ण राजनैतिक दलहरुको नेता तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बारामा ६ पालिकाहरु महागढिमाई नगरपालिका,कोल्बी नगरपालिका,निजगढ नगरपालिका,प्रसौनी गाउपालिका,परवानिपुर गाउपालिका,आदर्श कोत्वाल गाउपालिकामा कार्यक्रम लागू रहेको संस्थाका बारा कार्यक्रम अधिकृत राजु साहले जानकारी गराए ।
अन्तरक्रियाको सहजीकरण चर्चित सहजकर्ता जितेन्द्र यादवले गरेका थिए भने स्वागत मान्डविको मास्टर ट्रेनर निभा सिंहले गरेकी थिईन । कार्यक्रमको सन्चालन रामाज्ञा साहले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर