साजिर मन्सूर
कलैया,२०८० जेष्ठ ४
“नेपालमा दलित दलित तथा सिमान्तकृत महिलाको अधिकार सुदृढीकरण परियोजना” अन्तरगत कलैया उपमहानगरपालिकामा निर्वाचित दलित तथा सिमान्तकृत महिला जनप्रतिनिधिहरु एवम पुर्व जनप्रतिनिधि बिच अनुभव साझेदारी साझेदारी सम्बन्धि १ द्दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कलैया स्थित दास गेस्ट हाउसमा सम्पन्न गोष्ठीमा कलैया उपमहानगरपालिका र प्रसौनी गाउपालिकाका निर्वाचित महिला जनप्रतिनिधि र पुर्व दलित महिला जनप्रतिनिधि गरि ५० जना दलित महिलाजनप्रतिनिधिहरुको उपस्थिति रहेको आयोजक संस्थाका अध्यक्ष किसमती रामले जनाईन ।
अध्यक्ष रामले परियोजना लागु रहेको कलैयाको २७ र प्रसौनिको ७ वडा गरि ३४ वडाका दलित महिला जनप्रतिनिधिको नेतृत्व बिकास सङ्गै सो वडाका सबै दलित सिमान्तकृत बर्गको आर्थिक स्तर उकास्न पहिलेको र अहिले जनप्रतिनिधि बिच समन्वय सहकार्य जरुरी रहेको बताईन।
नेपालमा दलित दलित तथा सिमान्तकृत महिलाको अधिकार सुदृढीकरण परियोजना” को रास्ट्रीय संयोजक सरिता ब्रमशाखाले नेपालमा दलित तथा सिमान्तकृत महिलाको अधिकार सुदृढीकरणका लागि देशको ५६ जिल्लामा परियोजना मार्फत काम भैरहेको बताईन । यसको उदेश्य पूरा गर्न सबैले सहयोग गर्नुपर्ने बताईन ।
कलैया ८ बाट निर्वाचित पुर्व दलित महिला वडा सदस्य सीता देबि रामले केवल वडा अध्यक्ष र मेयरमा मात्र गल्ती नभएको भन्दै हामी आफै नबोल्दा दलितको आवाज दबिएको बताईन । पुर्व वडा सदस्य रामले सबै दलित महिला सदस्य कडा रुपमा प्रस्तुत भएर बजेट राख्नुपर्ने बताउदै केवल तलब र भत्तामा सिमित नहुन बताईन । वडा अध्यक्षले नबताए वडा सचिव वा योजना शाखामा गएर बुझ्नुपर्नेमा जोड दिइन ।
प्रसौनी वडा नम्बर ४ कि सदस्य राधिका देबिले बजेट निर्माण प्रक्रियामा दलित जनप्रतिनिधिहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्ने आवस्यकता रहेको बताईन । दलितका लागि बजेट राख्न नखोज्दा जनप्रतिनिधिले त्यसको बिरोध गर्नुपर्ने बताईन । आफू जिते पनि वडा अध्यक्षले कुनै योजना का बारेमा जानकारी नदिने गरेको बताईन ।
कलैया उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रन्जित चौरसियाले आफ्नो वडामा सबै जनप्रतिनिधि र सरोकारवाला को बैठकबाट योजना छनौट गर्ने गरेको बताएका छन । खासगरी सिमान्तकृत समुदायका लागि विशेष योजना राख्ने गरेको बताए ।
गोष्ठीमा सम्बोधन गर्दै महिला अधिकारकर्मी महिला सन्जाल बाराकी अध्यक्ष बबिता जयस्वालले दलित महिला होस वा अन्य महिला जनप्रतिनिधिहरुलाई केवल हस्ताक्षर गराउनमा प्रयोग गर्ने गरेको बताउदै यस्को सबैले बिरोध गर्नुपर्ने बताउदै कसैलाई केही सल्लाह को जरुरी भए आफुले सहयोग गर्ने बताए । अधिकारकर्मी जयस्वालले अधिकार केवल कागजमा मात्र नदिएर ब्यवहारमा पनि अधिकारको प्रयोग गर्नुपर्नेमा जोड दिइन । कुनै पनि महिलालाई कुनै किसिमको अधिकार प्राप्तिका लागि आवस्यक सहयोग गर्न आफुहरु चौबिसै घन्टा तयार रहेको बताईन । जयस्वालले तालिम आयोजना गरेको दलित महिला संघ बाराकि अध्यक्ष किस्मती रामलाई धन्यवाद दिदै बर्तमान र पुर्व महिला जनप्रतिनिधि बिच भएको यो कार्यक्रम उत्कृष्ट भएको बताईन ।
गोष्ठीको सहजीकरण महेश बिश्वकर्माले गरेका थिए ।
परियोजना कलैया उपमहानगरपालिका र प्रसौनी गाउपालिकामा सन्चालनमा रहेको परियोजना का जिल्ला सम्योजक लालबाबु मन्डलले जनाएका छन । परियोजनाको मुख्य उदेश्य दलित तथा सिमान्तकृत महिलाहरुको मानव अधिकार सुदृढीकरण गर्नु रहेको परियोजना सम्योजक मन्डलले जनाएका छन ।
केआईओएस फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न तालिमको आयोजना दलित महिला संघ बाराले गरेको गोष्ठी ब्यवस्थापक जयप्रकाश रामले जनाएका छन ।







