साजिर मन्सूर
कलैया,जेष्ठ ८
सुवर्ण गाउपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले बिद्यार्थीहरुलाई उचालेर केही ब्यक्तिले ब्यक्तिगत स्वार्थ पूरा गर्न आन्दोलन गराएको आरोप लगाएका छन । अध्यक्ष यादवले गाउपालिकाको शिक्षा समितिको जेष्ठ ३ गतेको निर्णय अनुसार सबै बिधालयमा शिक्षाको स्तर राम्रो बनाउन यस अघि कार्यरत रहेका शिक्षकहरुलाई पालिकाको अन्य बिधालयमा सरुवा गरिएकोमा यसको चौतर्फि स्वागत भएता पनि एउटा मात्र बिधालयका बिद्यार्थीहरुलाई उचालेर यो किसिमको लज्जास्पद ब्यवहार गराउने जो सुकैलाई कार्वाही गराउन पालिकाले सिफारिस गर्ने बताएका छन । बिद्यार्थीहरुलाई उक्साएर सान्ती सुरक्षामा खटेका प्रहरी माथि ढुङ्गा मुढा प्रहार गराउनु कति निन्दनिय कार्य हो वहाले बताएका छन । यादवले अभिभावकहरुको सल्लाहमा नै शिक्षा समितिको बैठकले सरुवाको निर्णय गरेको र यसले सुवर्णको शिक्षामा महत्वपूर्ण कदम को रुपमा काम गर्ने बताएका छन । सुवर्ण गाउपालिकाका शिक्षा शाखाका अधिकृत बिध्यानन्द प्रसाद यादवले पालिकामा जम्मा २३ वटा बिधालय रहेकामा जम्मा ३ वटा माबी रहेको बताउदै शिक्षा समितिले गरेको निर्णय अनुसार नै २ जना प्रधानाध्यापक र ७ जना सहायक सरहरुको सरुवा गरिएको जनाएका छन । शिक्षा अधिकृत यादवले श्री नेरा माबी हर्दिया का प्रधानाध्यापक रामएकबाल प्रसाद लाई श्री नेरा माबी देवापुर बहुअर्वामा सरुवा गरिएको र देवापुर बहुरवाका चन्देस्वर यादवलाई हर्दियामा सरुवा गरिएको बताएका छन । यस्तै आनन्द यादवलाई देवापुर बाट कवही जगात सरुवा गरिएको छ। नथुनी प्रसाद यादवलाई कवही बाट देवापुर बहुअर्वा,राजेश सिंह लाई माबी देवापुर बाट आधारभूत बिधालय जमुनियामा सरुवा गरिएको छ। धर्मेन्द्र यादवलाई प्राबी मझरिया बाट प्राबी औरैया गोठ,बिन्दालाल प्रसाद लाई प्राबी अउरैया गोठ बाट प्राबी मझरिया,सोनामती दएबि चमैन लाई प्राबी सोलकपुर बगहि बाट आधारभुट बिधालय जमुनियामा सारिएको छ भने बिजय शन्कर चौरसियालाई आधारभूत बिधालय सनफुलवा बाट प्राबी चरमोहना बगहिमा सरुवा गरिएको हो ।
श्री नेरा माबी हर्दियाका बिद्यार्थीहरुले आफ्नो प्रधानाध्यापकलाई देवापुर बहुर्वामा किन सरुवा गरेको भन्दै बिधालयमा तोडफोड गरेपछि उग्र बिद्यार्थीलाई साम्य पार्न प्रहरीले २७ राउन्ड अश्रुग्यास चलाउनुपरेको ३ राउन्ड मात्र काम गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पान्डेले जनाएका छन । पाण्डेले प्रदर्शनकारीले चलाएको ढुङ्गा लागि ५ जना प्रहरी घाईते भएको जसमा एक जना प्रहरी जवान सुरेन्द्र हतवेलाई उपचारका लागी प्रादेशिक अस्पताल कलैया पठाईएको जनाएका छन । भागदौड हुदा कम्तिमा १३ जना बिद्यार्थी समेत सामन्य घाईते भएको स्थानियले जनाएका छन ।
यता एकजना बिद्यार्थीले पहिले आफनो बिधालयमा सरुवा भएका सर आएपछि मात्र यहाको सरलाई पठाउने भन्ने बिषयमा बिवाद भएको बताएका छन ।