प्रीयन्का दास
कलैया,जेष्ठ ९

अखिल नेपाल कबडि संघ बाराको अध्यक्षमा अन्तरास्ट्रिय कबड्डि खेलाडी फुलमहमद मन्सूर धुनिया सर्वसम्मत चयन भएका छन । कलैयाको सिदेश्वर खेल परिशरको पबेलियनमा भएको दोस्रो अधिवेशन बाट उनी सर्वसम्मत चुनिएका हुन । संघ बाराको उपाध्यक्षमा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष एवम पुर्व खेलाडी जट्टाशन्कर सहनी,सचिवमा मुन्ना पटेल,सह सचिवमा शिवचन्द्र प्रसाद,कोषाध्यक्षमा सन्दिप गुप्ता,सदस्यहरूमा महेश प्रसाद गुप्ता,राजेश प्रसाद गुप्ता,सम्साद मन्सूर,सहाबुद्दिन मन्सूर,सम्झना राई र श्रीयन्का कुमारी गुप्ता चयन भएका हुन ।
यस्तै अधिवेशनले बरिस्ठ सल्लाहकारमा पुर्व रास्ट्रीय कबड्डि प्रशिक्षक तसिरुद्दिन मन्सूर र सल्लाहकारमा आमोद गुप्ता तथा रामाशिष साहलाई चयन गरिएको छ । अधिवेशनले संघ बाराको प्रेस सल्लाहकारमा पुर्व कबड्डि खेलाडी,प्रेस युनियन बाराका पुर्व सचिव तथा बिश्वास एफएम बाराको प्रबन्ध निर्देशक साजिर मन्सूरलाई नियुक्त गरिएको नव निर्वाचित अध्यक्ष फुलमहमद मन्सूरले जानकारी गराएका छन ।

संघ बाराका निबर्तमान अध्यक्ष अन्तरास्ट्रिय खेलाडी महेश गुप्ताको अध्यक्षता तथा कबड्डी संघ मधेस प्रदेश सम्योजक तथा केन्द्रिय कोषाध्यक्ष अरबिन्द झा को प्रमुख आतिथ्यमा भएको अधिवेशनमा अन्तरास्ट्रिय खेलाडी ग्यासुदिन मन्सूर,जुल्फकार आलम,आशिक महमद मन्सूर,औसान मिया मन्सूर,बैजनाथ गुप्ता,चनरदेव कुश्वाहा,बिनय साह,रामस्वरुप साह,ईशा पटेल,राजिव गुप्ता,प्रीती सरार्फ,सोहिल ईस्लाम,ज्योति कुमारी,रिज्मा खातुन,रमिज राजा लगायतकाको उपस्थिति रहेको थियो ।
खो खो का रास्ट्रीय प्रशिक्षक क्यामुदिन मन्सूरले सन्चालन गरेको कार्यक्रममा स्वागत अन्तरास्ट्रिय खेलाडी तथा नेपाल कबड्डि टिमका पुर्व कप्तान मुन्ना पटेलले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार