साजिर मन्सूर
कलैया,जेष्ठ १३

कलैयाको चर्चित बाल एकता सेकेन्डरी स्कुल प्लस टु बिज्ञान तथा ब्यवस्थापन कलेजले कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई बिदाई गरेको छ । करण राज पार्टी प्यालेस कलैयामा आयोजना गरिएको सम्मान तथा बिदाई कार्यक्रममा कक्षा १२ मा अध्ययनरत २६ जना छात्रछात्राहरुलाई बिदाई गरिएको कलेजका प्लस टु कोर्डिनेटर प्रीन्स कुमार सिंहले जनाएका छन ११ र १२ गरि कलेजमा ११० जना छात्रछात्राहरु अध्ययन गरिरहेको सिंहले जनाएका छन ।
कलेजले आफ्नो सो कक्षाको दोश्रो ब्याचको बिदाई गरिएको कलेजले जनाएको छ । कलेजले यो बर्षदेखि अझ अध्ययन सिकाईलाई डिजिटल बनाउने जनाएको छ ।
प्रमुख अतिथी कलैया उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत बिजय अधिकारीले बिद्यार्थीहरुको सफलताको कामना गर्दै देशका लागि योग्य दक्ष बन्न सबैमा सुभकामना गरे । अधिकारीले १२ पछि बजारमा यहाहरुले आफ्नो दक्षता बेच्न सक्नुपर्नेमा जोड दिदै सामान्य बिद्यार्थीलाई अब्बल ले उछिन्ने गरेकाले सब जना अब्बल बन्नुपर्ने बताए । यस्तो अवस्थामा बाल एकताले सन्चालन गरेको सन्कायहरु उत्कृष्ट रहेको र पालिकाले आवस्यक प्राबिधिक सहयोग सहयोग उपलब्ध गराउने बताए ।
बिशिस्ट अतिथि एन प्याबसन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले कलेजले गरेको लगानी र बिज्ञान सन्काय सफलताका साथ सन्चालन गरिरहेकोमा बधाई दिएका छन । नचाहदा नचाहदै बिधालयले आफ्ना बिद्यार्थीहरुलाई उच्च शिक्षाका लागि बिदाई गर्नु आफैमा दुखद भएपनी यो गर्नैपर्ने प्राकृतिक नियम भएको र यसमा सबै बिद्यार्थीले अब्बल बन्दै बिधालयको नाम उच्च गर्न तर्फ आग्रह गरे ।

बिज्ञान सन्कायको कक्षा १२ कि छात्रा वर्षा कर्णले बाल एकताले कलैयामा बिज्ञान सन्काय सन्चालन गरेर कलैया सहित बाराका ग्रामीण भेगका छात्राहरुलाइ बिज्ञान सन्काय अध्ययन गर्न्मा महत्वपूर्ण सहयोग गरेको बताईन । कर्णले सायद कलैयामा बाल एकताले बिज्ञान सन्काय सन्चालन नगरेको भए आफुले बिज्ञान पढ्न बाहिर जान सक्ने अवस्था नरहेको बताईन । उनले कलैयामा पढ्दा सबै किसिमले समय,पैसा को बचत हुने गरेको बताईन ।
अर्का छात्रा सोनि कुश्वाहाले पनि कलैयामा बिज्ञान पढ्न पाउनु आफैमा खुशिको कुरा भएको बताईन । यहाँ पढ्दा आफ्नो परिवारका अभिभावकहरुको निगरानिमा रहेर पढ्न पाएको र यसले आफुहरुलाई अत्यन्तै सहज भएको बताईन ।
कक्षा १२ कै अन्किता सिंहले कलैया सरकारले उच्च शिक्षाको बाताबरण कलैयामा नै निर्माण गराउन सकेको भए अझ राम्रो हुने र आफुहरुले यहि उच्च शिक्षा पाउन सक्थ्यौ भनेर भनिन ।
सोही कक्षाकि नाजरिन प्रवीणले पनि मुस्लिम समुदायका छात्राहरूका लागि पनि कलैयामा बिज्ञान अध्ययन गर्न मिलेकोले अत्यन्तै सराहनीय भएको बताईन । प्रबिणले बाल एकता शिक्षा छेत्रमा कलैयाको लागि बर्दान नै भएको बताईन ।
कलेजका सन्चालक समितीको अध्यक्ष भोला सोनारको अध्यक्षता एवम प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लेजका शेयर धनी, कार्यकारी निर्देशक सुमोद कुमार सरार्फ,एन प्याबसन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहा,कलेजका शिक्षकहरु सहित विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कलेजका शिक्षक बिजय साहले सन्चालन गरेको कार्यक्रममा स्वागत कलेजका प्रधानाध्यापक रुपेश कुमार स्वर्णकारले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर