साजिर मन्सूर
कलैया,जेष्ठ १५
कलैयाको आशिर्वाद हस्पिटल प्रालिले गणतन्त्र दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलैया बिरगंज सडकमा बाल मन्दिर को सामने खुलेको हस्पिटल ले मानव कल्याण हेतु कसैले अकालमा ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरेको अस्पताल का संचालक तथा प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर राजेश साहले जनाए । कार्यक्रममा २१ जनाले रक्तदान गरेको अस्पताल प्रशासनले जनाएको हो ।
गणतन्त्र दिवसको अवसरमा सम्पुर्ण नेपालीहरुमा हार्दिक शुभकामना सहित आशिर्वाद हस्पिटल कलैया,प्रालीले पहिलो पल्ट कलैया ब्लड बैंकको लागी रक्तदान कार्यक्रमको आयोजना गरेको हो । हस्पिटलका प्रमुख सन्चालक डाक्टर राजेश साहले आफै रक्तदान गरि कार्यक्रमको उदघाटन गरेका थिए ।
सो अवसरमा माओवादी युवा नेता मुकेश साह,काङ्ग्रेस युवा नेता राकेश पाण्डे,एकीकृत समाजबादीका युवा नेता पुरुशोतम लामा,हरिओम साह,लोसपाका नेता बृजकिशोर साह,पत्रकार साजिर मन्सूर,अनिल पाण्डे लगायतकाको उपस्थिति रहेको थियो ।
हस्पिटलले २४ सै घन्टा आईसियु एन आईसियु,प्रसुती सेवा,ईमर्जेन्सी सेवा,हाड तथा जोर्नी सेवा,नवजात शिशु तथा बाल रोग सेवा,फिजिसियन सेवा,भिडियो एक्सरे,जेनेरेटर सर्जरी सेवा उपलब्ध गराईने अस्पतालको डाईरेक्टर डा.राजेश कुमार साहले जनाएका छन ।डा. साहले गरिब बिपन्न परिवारका लागि पनि बिशेष सहुलियतमा उपचार सेवा उपलब्ध गराईरहेको बताएका छन ।







