साजिर मन्सूर
कलैया,जेष्ठ १८
बारा सदरमुकाम कलैयाको बैंक रोडमा आज नबिल बैंकको बिधिवत रुपमा उदघाटन भएको छ । कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले रिबन काटेर बैंकको बिधिवत उदघाटन गरेका हुन ।
उदघाटन गर्दै मेयर साहले बैंकले सहज र सरल ढङ्गले सेवा प्रवाह र आवस्यकता भएकालाई ऋण उपलब्ध गराउन बैंक प्रशासन लाई आग्रह गरे । मेयर साहले गरिब किसानहरु र युवाहरुलाई ब्यापार ब्यवसाय गर्न सहज रुपमा लगानी गर्न बैंक लाई सुझाव दिए ।
आज देशभरमा ३८ वटा शाखाको आजै उदघाटन भैरहेको शाखा प्रबन्धक डेजेन्द्र राईले जानकारी गराएका छन । नबिल बैंकको देशमा जम्मा २५५ वटा शाखा भएको जानकारी नबिल बैंक सिमरा शाखाका प्रमुख बिशेष दैवग्यले जनाए ।
नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गर्न लागिएको बैंकका मधेस प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठले जनाए ।

‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंक प्रशासनले जनाएको छ।
३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको मधेस प्रदेश शाखा प्रमुख श्रेष्ठले जनाए ।
यसैगरी नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका संचालक निर्वाण चौधरी द्वारा आठ वटा शाखाहरु उद्घाटन गरिएको बैंक प्रशासनले जानकारी गराएको छ ।
त्यस्तै गरी बैंकका संचालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवाललाले थप ७/७ वटा शाखाको उद्घाटन गरेका हुन्।
डिजिटल उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो। ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ।
उद्घाटन गरिएका शाखा कार्यालयहरू देहायबमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी नबिल बैंकको सरल र सवल सुविधा लिन बैंक सन्चालकहरुले आग्रह गरेका छन ।
यसअघि बैंकले केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी डिजिटल उद्घाटन गरेको थियो। स्थपनाको ३८ वर्ष पार गरेको बैंकले एक साथ देश भर ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ। मुलुककै अग्रणी बैंक मध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शाखाहरू निरन्तर विस्तार गरेको बैंकले जनाएको छ।
नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
उदघाटन कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह,बारा उधोग बाणिज्य संघ का अध्यक्ष राजकुमार साह,उपाध्यक्ष गोल्डेन साह,कोषाध्यक्ष सन्तोष बुढा,बारा जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी,बाराका उधोगी ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।







