साजिर मन्सूर
कलैया,असार ४
नेशनल प्याबसन बाराले जिल्लाको सबै १६ वटै स्थानिय तहमा कमिटी गठन गर्ने निर्णय गरेको छ । बाल एकता बोर्डिङ प्लस टु साइन्स एन्ड म्यानेजमेन्ट को सभाहलमा बसेको एन प्याब्सन बाराको बैठकले सो निर्णय गरेको जिल्ला अध्यक्ष प्रभुलाल कुश्वाहाले जनाएका छन । अध्यक्ष कुश्वाहाले बाराको हरेक स्थानीय तहमा यहि साउन मसान्त भित्र संगठन बिस्तार गर्दै जिल्लाको शैक्षिक जगतमा अझ क्रान्तिकारी रुपले आधुनिक शिक्षा दिन एक रुपता कायम गर्न यो जरुरी रहेको बताएका छन । अध्यक्ष कुश्वाहाले आफुहरु अभिभावकको जन भावना अनुरुप र बिश्वले मागेको शिक्षा दिन कति पनि कन्जुस्याइँ नगर्ने बताएका छन ।
बैठकले विभिन्न पालिकामा सम्योजक सहित कमिटी गठन गर्न जिम्मेवारी तोकेको एन प्याब्सन बाराका बरिस्ठ उपाध्यक्ष सुमोध सरार्फले जनाए । सराफले कमिटी गठन गर्न कलैया उपमहानगरपालिकामा मदन रिजालको संयोजकत्वमा सुमोध सरार्फ र सुनिल साहलाई जिम्मेवारी दिएको बताए । यसैगरी बैठकले जितपुर सिमरा उपमहानगरपालिकामा सुमोध सरार्फ सम्योजक प्रदुमन चौधरी र वसन्त ढकाल सदस्य तोकिएका छन । महागढिमाई नगरपालिकामा रामबहादुर चौधरी सम्योजक त्यस्तै के एस फिजिसन र सन्तोश जयस्वाल सदस्य रहेका छन । निजगढमा यदुनाथ पौडेलको सम्योजकत्वमा नारायण शर्मा र सानुबाबु अधिकारी सदस्य तोकिएका छन । कोल्बिमा सुनिल साहको सम्योजक्त्वमा यदुनाथ पौडेल र मीन बहादुर राणा सदस्य रहेका छन । आदर्श कोत्वाल गाउपालिकामा उमेश साहको सम्योजकत्वमा शिवशन्कर कुश्वाहा र राम नरेश जयस्वाल सदस्य तोकिएका हुन । सिमरौनगढ नगरपालिकामा राम नरेश जयस्वाल सम्योजक कमलेश कुश्वाहा र रामचन्द्र जयस्वबाल सदस्य लाई जिम्मेवारी तोकिएको हो । यस्तै अन्य पालिकाको लागि पनि सर्वसम्मत जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष कुश्वाहाले जनाएका छन ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702