साजिर मन्सूर
कलैया,असार ८
महागढिमाई नगरपालिकाको सातौ नगर सभाको उदघाटन भएको छ। महागढिमाई नगरपालिकाको प्राङ्गण बरियारपुरमा एक कार्यक्रमका बिच नगर प्रमुख उपेन्द्र प्रसाद यादवले पानसमा बति बालेर उदघाटन गरेका छन । नगर प्रमुख यादवले आव २०८०/०८१ का लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आउदो आव का लागी रु ६६ करोड ७४ लाख १९ हजार को बजेट सार्वजनिक गरेका छन । नगर प्रमुख यादवले नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउन नेपाल सरकार,प्रदेश सरकार,जनप्रतिनिधि,बिकास साझेदारहरु,निजि छेत्र अन्तरास्ट्रिय दातृ निकाय कर्मचारी,मतदाता,र सम्पुर्ण बुद्दिजिवी एवम प्रबुद्द बर्गमा धन्यवाद दिदै अझ सहयोगको अपिल गरेका छन ।
यादवले कृषि तर्फको कार्यक्रम तथा शीत भणडारण निर्माण समेतको लागि २ करोड १० लाख बिनियोजन गरेको बताएका छन । पशु स्वास्थ कार्यक्रम सन्चालन गर्न २० लाख बिनियोजन गरेको यादव ले बताए ।
भवन नक्सा पास लाई बिशेष रुपमा अगाडी बढाउने बताए । लछित कार्यक्रम तर्फ ३५ लाख बिनियोजन गरिएको बताए । युवा तथा खेलकुद बिकासका लागि १० लाख छुट्याईएको छ ।
नगर प्रमुख यादवले बिपद ब्यवस्थापनको कार्यक्रम गर्न ३५ लाख छुट्याएको बताएका छन । लैङ्िगक समानता तथा समाजिक समावेशिकरण कार्यक्रमका लागि २५ लाख छुट्याईएको छ । खानेपानि तथा सरसफाइ कार्यक्रम का लागि २५ लाख,किसानको खेती योग्य जग्गामा सिचाईको ब्यवस्था मिलाउन १ करोड बिनियोजन गरेको यादवले बताका छन । मेला जात्राको ब्यवस्थापनको लागि ३५ लाख बिनियोजन गरेको बताए । स्वास्थ तर्फ १ करोड २५ लाख,शिक्षा मा २ करोड ६० लाख बिनियोजन गरेका छन ।
नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको सभामा उप प्रमुख तारा देबि कानु, प्रमुख प्रशासकिय अधिकृत डिल्ली राम भट्टराई,१ देखि ११ का वडा अध्यक्षहरु क्रमशः मनोज गुप्ता,बिश्वनाथ कुश्वाहा,उपेन्द्र जैस्वाल,मनोज कुमार,गजेन्द्र जैस्वाल,गेनालाल राउत अहिर,सिवेन्द्र सिंह,ओहाब अन्सारी,दिलिप शुक्ला,चन्दन कुमार,अरबिन्द बन्ठा,
कार्यपालिका सदस्यहरु जियालाल साह,मनोज कुमार जैस्वाल,महेश जयस्वाल,अन्जलै कुमारी,पासपती देबि,गिता चौरसिया,रुपमती देबि,शिवकुमारी देबि,सबै नगर सभा सदस्य,सन्चारकर्मी,मुख्य सल्लाहकार भैयाराम यादव,पार्टी प्रतिनिधि, विभिन्न शाखाका प्रमुख लगायतकाको उपस्तिथि रहेको थियो ।
प्रमुख प्रशासकिय अधिकृत दिल्ली राम भट्टराईले स्वागत गरेको नगर सभाको सन्चालन शिक्षा शाखा प्रमुख रामबिश्वास चौरसियाले गरेका थिए ।