कलैया ।पर्सामा लगातार ३ दिनको वर्षाले ७९ परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साको अनुसार
बाढीमा परी ७९ घरपरिवारका ३१६ जना महिला, पुरुष, बालबालिका विस्थापित भएका छन् पोखरिया, सेढवा, पाँडेपुर, बुढगाई, रानीघाट, श्रीसिया, इनर्वा प्रहरी चौकीको रिपोर्ट अनुसार असार १७ देखि १९ गते तीन दिनको बाढीबाट ७९ घरपरिवारका ३१६ जना प्रभावित भएको छ ।
विस्थापित हुनेमा १ सय ४९ जना पुरुष , ८२ जना महिला र ९३ जना बालबालिका रहेका छन् ।
जिल्ला मा विस्थापितहरूले आफन्त,वडा कार्यालय,सामुदायिक विधालय , सार्वजनिक सडक तथा छिमेकीसंग आश्रय लिइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।