साजिर मन्सूर
कलैया,साउन ६

आज जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस का अवसर पारेर संविधान सभा सदस्य शोभाकर पराजुलिले कोईराला सबैको आदर्श भएको बताएका छन । आज एक बिग्यप्ती जारी गर्दै पराजुलीले यस्तो बताएका छन । पराजुलिले यस पावन स्मृति दिवसमा नेपाली लोकतन्त्र र राष्ट्रियताका प्रतीक महान पुरुष वी. पी. कोइरालाप्रति सतत् नमन् एवं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बी. पी. लाई केवल जन्म र निधनको तिथिमा मात्र सम्झने कर्मकाण्डबाट हामी सबै मुक्त हुनुपर्ने बताएका छन । लोकतन्त्र र राष्ट्रियताको संरक्षण गर्दै राष्ट्रको समुन्नतिका लागि निरन्तर सजग, समर्पित एवं सक्रिय रहनुपर्छ बताए । अहिले जस्तै जब जब हामी बाटो बिराउँछौं तब तब हामीले बी. पी. लाई सम्झनुपर्छ पराजुले बिग्यप्तिमा उल्लेख गरेका छन ।

पराजुलिको बिग्यप्तीमा- हामी सुक्ष्म तवरले यदि वर्तमानलाई हेरिरहेका छौं भने लोकतन्त्र र राष्ट्रियतामाथि विभिन्न कोणबाट आक्रमण भै रहेको पाउँछौं । लोकता आवरणमा यसलाई कमजोर पारिदैछ । यत्रो दुष्प्रयास गर्दै राष्ट्रिय एकता, सामञ्जस्थता, मेलमिलापलाई कमजोर बनाईदैछ । यस्तो दुरुह अवस्थामा की. पी. को आदर्शलाई पछ्‌याएर सही मार्गमा हिड्ने प्रेरणा यो स्मृति दिवसले देओस् । यही नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर